नेदरल्यान्ड्समाथि क्यानडाको जित

जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्यान्ड्स क्यानडासँग पराजित भएको छ । सिरिज अन्र्तगतको चौथो खेलमा नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि नोह क्रोसले २८ बलमा सर्वाधिक ३२ रन जोडे । राइन क्लेन र विक्रमजित सिंहले समान २२ तथा माईकल लेभिटले १३ रन जोडे ।

क्यानडाका लागि कलिम साना र प्रविन कुमारले समान २ तथा डिलोन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए ।

त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भा र साद विन जाफरले समान ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १३, डिलोन हेलिङ्गरले १२ तथा हर्ष टाकरले १० रन जोडे ।

नेदरल्यान्ड्सका लागि काइल क्लेन र पल भान मेकरेनले समान ३ , ड्यानियल डोरमले २ तथा विक्रमजित सिंहले १ विकेट लिए ।

सिरिज अन्तर्गत मंगलबार क्यानडा र अमेरिकाबीच खेल हुनेछ ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]