टी-२० विश्वकप : आयरल्यान्ड र क्यानडा खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा आज (शुक्रबार) क्यानडा र आयरल्यान्ड खेल्दै छन् ।

विश्वकपको तेस्रौं खेलमा समूह ए मा रहेका क्यानडा र आयरल्यान्डबीच नेपाली समय अनुसार शुक्रबार बेलुकी सवा आठमा अमेरिकाको न्युयोर्कमा खेल हुदैछ ।

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् भने, पहिलो जितको खोजीमा रहेका छन् ।

युरोप महादेश छनोटको शीर्ष दुईमा रहँदै विश्वकप खेल्दै गरेको आयरल्यान्ड पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अमेरिका महादेश छनोटको शीर्ष स्थानमा रहदै क्यानडा विश्वकप खेल्दैछ । पहिलो खेलमा क्यानडा सह-आयोजक अमेरिकासँग पराजित भएको थियो ।

नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा क्यानडा र आयरल्यान्डका अलावा पाकिस्तान, भारत, अमेरिका तथा समूह बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान छन् ।

समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

नेपालले श्रीलंकासँग १२ जुन अर्थात ३० जेठ बुधबारको दिन फ्लोरिडामा विश्वकपको दोस्रो खेल खेल्नेछ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]