एनएमबि र एनसीसी क्वार्टरफाइनलमा

  • विकेटनेपाल, कार्तिक २३

एनएमबि बैंक र एनसीसी ब्यांक सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन्।

एसएस इभेन्ट्सको आयोजनामा त्रिबि मैदान किर्तिपुरमा सम्पन्न तेश्रो दिनको २ प्रि-क्वार्टरफाइनल खेलमा एनएमबिले नबिल बैंकलाई तथा एनसीसी बैंकले रमन जेनेरललाई पराजित गर्दै क्वार्टर-फाइनलमा स्थान पक्का गरेको हो।

प्रतियोगिताको भोलि शुक्रबार संचालन हुने अन्य प्रि-क्वार्टरफाइनल खेलहरुमा समुह ‘ए’ को बिजेता नेपाल एसबिआई बैंकले समुह ‘बि’ को उपविजेता सुर्य नेपालको, समुह ‘बि’ को बिजेता सिप्रदी ट्रेडिंगले समुह ‘ए’ उपविजेता कैलाश विकास बैंकको सामना गर्नेछ। यस्तै समुह ‘सी’ बिजेता आईसीएफसी फाइनान्सले समुह ‘डी उपविजेता माछापुच्छ्रे बैंकको, समुह ‘डी’ को बिजेता सेन्चुरी बैंकले समुह ‘सी’ उपविजेता नेपाल टेलिकमको सामना गर्नेछ। यस्तै समुह ‘जी’ को बिजेता सिभिल बैंकले समुह ‘एच’ उपबिजेता जनता बैंकको र समुह ‘एच’ बिजेता सन्बी डिजाइनले समुह ‘जी’ उपविजेता एनआईसी एसिया बैंकको सामना गर्नेछ।

२४ टोलि सहभागी प्रतियोगिताको फाइनल खेल शनिबार खेलिनेछ।

एनएमबी बैंक र नबिल बैंकबीच भएको पहिलो प्री-क्वाटरफाईनलमा एनएमबी बैंक १९ रनले बिजयी भएको थियो (स्कोरकार्ड) । एनएमबीले बरुण घिमिरेको ३६ तथा मोहन केसीको ३२ रनमा १०३ रन बनायो । जवाफमा अमित पोखरेलले ३४ रन बनाएपनि नबिल बैंकले मात्र ८४ रन बनाउन सक्यो ।

त्यस्तै दोश्रो प्री-क्वाटरफाईनलमा एनसिसी बैंकले रमन जेनरललाई १६ रनले पराजित गरेको छ (स्कोरकार्ड) । सचिन गुप्ताको ३६ रनमा एनसिसी बैंकले ९१  रन बनायो । जवाफमा सुमित श्रेष्ठले ३४ रन बनाएपनि रमन जेनरलले  मात्र ७५ रन बनाउन सक्यो ।

आज सम्पन्न ओम बिकाश बैंक र एनसिसी बैंक बिचको खेलमा एनसिसी बैंक १५ रनले बिजयी भएको छ (स्कोरकार्ड) । पहिले ब्याटिंग गरेको एनसिसीले सचिन गुप्ताको ३६ रनको सहयोगमा ५ ओभरमा ६८/१ को स्कोर तयार गर्यो। जवाफमा ओम बिकाश बैंकले ललित बसेलले १५ रन बनाएपनि ५ ओभरमा ४३/५ को स्कोरमात्र बनाउन सक्यो । एनसिसी बैंकका सुबाश कुँवरले ३ विकेट लिए ।

जनता बैंक र मेगा बैंक बिचको खेलमा जनता बैंकले ५ विकेटको जित दर्ता गर्यो (स्कोरकार्ड) । पहिले ब्याटिंग गरेको मेगा बैंकले ५ ओभरमा ४९/४ को स्कोर तयार पार्यो । प्रतिउत्तरमा जनता बैंकले रमेश महर्जनको ३१ रनमा मात्र ४.२ ओभरमा लक्ष्य पुरा गर्यो ।

सिप्रदी र प्रभु बैंक बिचको खेलमा सिप्रदीले ४४ रनको फराकिलो जित दर्ता गर्यो (स्कोरकार्ड) । सिप्रदीले पहिले ब्याटिंग गर्दै नितेश भट्टराईको ३५ तथा सैलेन्द्र नेपालीको २६ रनको सहयोगमा ९८/० रनको योगफल तयार पार्यो । प्रतिउत्तरमा प्रभु बैंकले राजु केसीले ३५ रन बनाएपनि ३ विकेट गुमाएर मात्र ५४ रनमा समेटियो ।

सिभिल ब्यांकले सांग्रिला स्पिरिट्सलाई ६ विकेटले पराजित गर्यो । पहिले ब्याटिंग गर्दै सांग्रिलाले मात्र ३९ रन बनाउन सक्यो जुन योगफल सिभिलले १.३ ओभरमै भेटायो। सिभिलका राजन खड्गीले २ तथा गौरब नेपाल र भोला बिस्टले १/१ विकेट हात पारे भने ब्याटिंग तर्फ भोला बिस्टले २ छक्का मदतले अविजित १७ रन प्रहार गरे।

माछापुच्छ्रे बैंक र अन्नपूर्ण मिडिया नेटवर्कबिचको खेलमा माछापुच्छ्रे ४ विकेटले विजयी भयो (स्कोरकार्ड) । अन्नपूर्णले पहिले ब्याटिंग गर्दै ३ विकेटमा ५९ रन बनायो जवाफमा माछापुच्छ्रेले सुमित श्रेष्ठले ३१ रन बनाउदा ४.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सन्बी डिजाईन र मेगा बैंकबीच भएको खेलमा सन्बी डिजाईनले ४३ रनको फराकिलो जित दर्ता गरेको छ (स्कोरकार्ड) । पहिले ब्याटिंग गरेको सन्बीले विजय बाराकोटीको ३१ रनको मद्दतमा ५ ओभरमा २ विकेट गुमाएर १०६ रन बनायो । जवाफमा मेगा बैंकले २ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो ।

सुर्य नेपाल र प्रभु बैंक बिच भएको समूह चरणको अन्तिम खेलमा सुर्य नेपालले ५ विकेटको जित दर्ता गर्यो (स्कोरकार्ड) । प्रभु बैंकले अभिषेक शर्माको ३१ रनमा ७०/६ को योगफल तयार गर्यो । सुर्य नेपालका अलिस श्रेष्ठले २ विकेट लिए । प्रतिउत्तरमा सुर्य नेपालले  अमित पाठकको ३१ रनमा मात्र ३.५ ओभरमा लक्ष्य पुरा गर्यो ।

 

 





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]