कोलोन, जर्मनी – नर्थ राइन-वेस्टफालिया (NRW) मा बसोबास गर्ने नेपालीहरूको संस्था नेप्लिज स्टार एनआरडब्लु (NSNRW) ले आगामी अगस्ट १६ मा क्रिकेट प्रतियोगिता, चन्द्र सूर्य कप, आयोजना गर्ने भएको छ।
प्रतियोगिता NRW को कोलोन शहरमा हुँदै छ।
यस प्रतियोगितालाई प्रविधि-सम्बन्धित उत्पादन, इलेक्ट्रोनिक्स, फोन तथा स्मार्टवाच बिक्री गर्ने ई-कमर्स प्लेटफर्म gadgetlend.de ले प्रायोजन गरेको हो।

जर्मनीका विभिन्न शहरबाट ६ टोलीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। सबै टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह चरणका खेलहरू राउन्ड रोबिन लिग ढाँचामा खेलाइने छन्। समूह चरणको प्रत्येक खेल १२-१२ ओभरको हुनेछ भने दुवै समूहका शीर्ष टोलीहरूबीचको फाइनल खेल १५-१५ ओभरको हुनेछ।
बिहान ८ बजेबाट शुरु हुने खेलहरुमा NRW को निलो टिम, बर्लिन र डाम्स्टाड पहिलो समूहमा रहेका छन् भने बाँकी टोली NRW पहेंलो, म्युनिख र गिसेन दोस्रो समूहमा गोलाप्रथा गरी छानिएका छन्।
प्रतियोगिताको उपाधि जित्ने टिमलाइ नगद १ हजार २ सय २२ युरो का साथै कप र प्रमाणपत्र तथा उपविजेता टिमलाई ५ सय ५५ युरो पुरस्कार प्रदान गरिने आयोजक समितिका अनील नगरकोटीले जानकारी दिए।
यसका अतिरिक्त खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रायोजक gadgetlend.de ले प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई विशेष पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। विजेताले gadgetlend.de बाट कुनै पनि सामान खरिदमा १५% छुट पाउने अवसर प्राप्त गर्नेछन्। साथ-साथै अझ प्रतियोगिता लाइ आकर्षक बनाउन हरेक नयाँ प्रयोगकर्ता लाई पनि पहिलो खरिदमा १५% को छुट दिने जानकारी ग्याजेटलेन्डका प्रवक्ताले जनाएका छन् ।
आयोजकले विश्वास लिएको छ यस टुर्नामेन्टले जर्मनीस्थित नेपाली समुदायबीच खेलकुदको माध्यमबाट भाइचारा र एकताको भावना अझ सुदृढ बनाउनेछ । यस प्रतियोगितालाई हरेक वर्ष गराउदैं जाने प्रतिबद्धता का साथ NSNRW ले सबै टोलीलाई सफलताको शुभकामना दिंदै, खेलप्रेमीहरूलाई स्थलमै उपस्थित भई खेलाडीहरूलाई उत्साह दिन आग्रह गरेको छ।
