- विकेटनेपाल, २७ चैत
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणार्थ खेलिएको मत्रिपूर्ण खेलमा पारस खड्का नेतृत्वको नेपाल ११ टिमले पदम केसी नेतृत्वको धनगढी ११ टिमलाई ३१ रनले पराजित गरेको छ l
सोमबार देखि सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको खेल अघि खेलिएको खेलमा टस जितेर ब्याटिंग गरेको नेपाल ११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा १६१ रन बनायो l नेपाल ११को लागि कप्तान पारस खड्काले अर्धशतकिय पारि खेलाडी ६८ रन बनाए l उनले ४४ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरे l यस्तै बसन्त रेग्मीले ४३, शरद भेसावकरले १९ र मेहबुब आलमले १० रन योगदान दिए l
धनगढी ११ का बलर बिक्रम ठगुन्नाए सर्बाधिक ४ विकेट लिने क्रममा ४ ओभरमा २१ रन खर्चिए l यस्तै सागर भण्डारी र कप्तान पदम केसीले १-१ विकेट लिए l
जवाफमा १६२ रनको लक्ष पछ्याउन ब्याटिंग गरेको धनगढीले पुरा २० ओभर ब्याटिंग गर्दै ८ विकेट नोक्सानीमा १३० रन मात्रै बनाउन सक्यो l धनगढीको लागि ओपनर सुनिल धमलाले सर्बाधिक ३४ रन योगदान दिए भने दिपेन्द्र ऐरीले २६, रोशन अधिकारीले १७ रनको योगदान दिएका थिए l
बलिंग तर्फ नेपाल११ का शक्ति गौचनले सर्बाधिक ३ विकेट लिने क्रममा ४ ओभर बलिंग गर्दै २४ रन खर्चिए l सोमपाल कामिले २ विकेट लिए भने मेहबुब आलम, सन्दिप लामिछाने र अविनाश कर्णले १-१ विकेट हात पारे l
खेल पछि प्रतिक्रिया दिंदै नेपाल ११ का कप्तान पारस खड्काले धनगढी ११ का युवा खेलाडीहरुको तारिफ गर्दै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन योगदान दिन पाएकोमा खुसि ब्यक्त गर्नुभयो l यस्तै धनगढी ११ का कप्तान पदम केसीले समग्रमा आफ्नो टिमले राम्रो खेलेको बताउदै खेलबाट धेरै कुरा सिक्ने मौका मिलेको जसले आगामी दिनमा राम्रो प्रदर्शन गर्न प्रेरित गरेको बताउनु भयो l
खेलमा उत्कृस्ट बलिंग गर्दै ४ विकेट लिएका धनगढी ११ का बलर बिक्रम ठगुन्नाले पारस खड्का लगायत खेलाडीको विकेट लिन पाउदा गर्व महसुस गरेको बताए l