चितवनको खराब ब्याटिंग, भैरहवालाई ८८ रनको लक्ष्य

  • विकेटनेपाल, पौष ११ – मंगलबार

किर्तिपुर मैदानमा जारि चितवन टाइगर्स र भैरहवा ग्लाडीएटर्स बिचको खेलमा चितवनले खराब ब्याटिंग गर्दै २० ओभरको समाप्तीमा ९ विकेट गुमाएर ८७ रनको योगफल तयार पारेको छ ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

टस हारेर ब्याटिंगमा उत्रेको चितवनका लागि कुनै समय पनि राम्रो लयमा देख्न सकिएन । उसका लागि दिपेन्द्र सिंह ऐरीले १५ रन बनाउन १४ बल खर्चे, त्यस्तै योगेन्द्र सिंह कार्कीले पनि १५ रन बनाउन समान १४ बल नै खर्चे । आकाश थापाले ११ रन बनाउदा ललित सिंह भण्डारीले अविजित ८ रन बनाउने क्रममा १९ औं ओभरमा छक्का प्रहार गर्दै टिमको स्कोर लाई केहि हदसम्म उकासे । अन्य ब्याट्सम्यानहरु ले दोहोरो अंक छुन सकेनन् ।

बलिंगतर्फ शरद भेसावकरले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १२ रन खर्चे, हरिशंकर शाह र भुवन कार्कीले २ विकेट लिदा कृष्ण कार्की र पुनित मेहराको नाममा १/१ विकेट रह्यो ।

चितवन टाइगर्सलाई प्रतियोगितामा प्ले-अफको सम्भावना बाकी राख्नको लागि यो खेल जित्नैपर्ने दबाब छ भने भैरहवाले लक्ष्य पुरा गरे लिग चरणमा दोश्रो हुदै प्ले-अफमा स्थान सुरक्षित गर्ने छ ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]