- विकेटनेपाल, पौष १
एभरेष्ट प्रिमियर लिगको लागि चितवन टाइगर्सले तीनजना बिदेशी खेलाडीहरुको घोषणा गरेको छ ।
काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा टिमले बिदेशी खेलाडी हरुको बारेमा जानकारी गराएको हो । बिदेशी खेलाडीहरुमा प्रबिण गुप्ता, साबेज खान र प्रमेश कुमार रहेका छन् । तिनै जना खेलाडीहरु भारतीय रहेका छन् ।
खेलाडी घोषणा तथा जर्सी सार्बजनिक कार्यक्रममा कप्तान पृथु बास्कोटा भने अनुपस्थित थिए ।
उत्तर प्रदेशका प्रबिण गुप्ताले ५३ वटा रणजी ट्रफीका क्रिकेट खेलेका छन् भने दिल्लीका साबेज खान र हरियाणाका प्रमेश कुमार घरेलु क्रिकेट प्रतियोगिता खेल्ने गर्छन ।

साबेज खान मध्यक्रमका ब्याट्सम्यान हुन जसले अफस्पिन बलिंग समेत गर्छन l उनले भारतका विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरु खेलिसकेका छन् जसमा दिल्लीबाट खेल्नेक्रममा विजय मर्चेन्ट ट्रफी यु १७, सिके नायडु ट्रफी यु २२ जस्ता प्रतियोगिताको उपाधी जितेका छन् भने २०१३ मा दिल्लीले रणजी ट्रफी जित्दा उनि टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए l त्यस्तै सन् २०१२ मा आइपिएलको सर्बाधिक सफल टिम मुम्बई इन्डियन्सको क्याम्पमा समेत पर्न सफल भएका थिए ।
हरियाणाबाट घरेलु क्रिकेट खेल्ने प्रमेश कुमारले पनि विजय मर्चेन्ट ट्रफी यु १७, कुच बिहार ट्रफी यु १९ जस्ता प्रतियोगिताको उपाधी जितेका छन् भने सिके नायडू ट्रफीमा यु २२ र यु २५ समूहमा प्रतिनिधित्व गरेका छन् । त्यस्तै अन्तिम बर्ष सम्पन्न भएको इन्डियन प्रिमियर लिग क्रिकेटमा किंग्स ईलाभेन पन्जाबको क्लोज क्याम्पसम्म पुग्न सफल भएका थिए ।
सन् २००३ को यु १९ विश्वकपमा भारतले अम्बाती रायडूको कप्तानीमा सेमिफाइनलसम्मको यात्रा गर्दा प्रबिण गुप्ता पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यसलगत्तै उनले उत्तरप्रदेशबाट २०१५ सम्म रन्जी ट्रफी क्रिकेट खेल्ने अवसर पाए ।
उनले खेलका ५३ प्रथम श्रेणी क्रिकेटमा ३ अर्धसतक सहित ८४१ रन बनाएका छन् भने२.५२ को इकोनोमीमा १२२ विकेट लिएका छन् । त्यस्तै ३९ लिस्ट ए क्रिकेटको २६ इनिंगमा १९३ रन बनाएका छन् भने ४६ विकेट पनि हात पारेका छन् । साथै टी २० खेलको ६ इनिंगमा २७ रन बनाउदा १२ खेलमा ११ विकेट समेत लिएका छन् । उनि अहिले ओइल एण्ड नेचुरल ग्यास कर्पोरेसन दिल्लीबाट खेल्दै छन् यसका महत्त्वपूर्ण सदस्यहरुमा बिराट कोहली, इशान्त शर्मा रहेका छन् ।

चितवन टाइगर्सले दोश्रो दिन शक्ति गौचन रहेको पोखरा राइनोज बिरुद्द खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । खेल तालिका हेर्नुस
दिपेन्द्र सिंह मार्की खेलाडी रहेको टिममा कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, पृथु बास्कोटा रहेका छन् ।
त्यस्तै आकाश थापा र गौतम केसी ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन्, आकाश थापा टिमको सुचिमा रहेपनि गौतम केसीले भने प्रतियोगिता खेल्न पाउने छैनन् ।
ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।
काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ ।
प्रतियोगिताको लागि अक्सन मार्फत प्रत्येक टिमले १० जना खेलाडी किनीसकेको छ भने ३ जना बिदेशी खेलाडी प्रत्येक टिमले निश्चित गर्न बाँकी रहेको छ। १ जना खेलाडी ट्यालेन्ट हन्ट मार्फत चुनिनेछ।
अक्सनमा आरिफ शेख, करण केसी, सन्दिप लामिछाने र बिनोद भण्डारीले सर्बाधिक मूल्य पाएका थिए । ४ जना खेलाडीहरु १ लाख ७५ हजार मूल्यमा बिक्रि भएका थिए । लिस्ट हेर्नुस

It would be far better if we would get to see International players from Ireland, Netherlands, Afghanistan, Zimbabwe etc… They have Far better players than these Indian players..