“बेंगलोरको टिम ब्यबस्थापनले सम्झौता गर्ने बिश्वास दिलाए, तर गरेनन्” – क्रिस गेल

  • विकेटनेपाल, बैशाख १८ – मंगलबार

सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको खेलाडी लिलामी प्रक्रियामा जब अक्सनरले क्रिस गेलको नाम लिए उनलाई लिलामी गर्नको लागि २ पटकसम्म कुनैपनि टिमले चासो देखाएनन्। त्यसपछि तेस्रो तथा अन्तिम राउण्डमा वेस्ट इन्डिजका खतरनाक ब्याट्सम्यानलाई बलिवुडकि चर्चित हिरोइन प्रिती जिन्टा मालिक रहेको किंग्स ईलाभेन पन्जाबले आधार मूल्य २ करोड भारतीय मुल्यमा उनलाई खरिद गर्यो।

अहिले जारि प्रतियोगितामा पन्जाबको लागि खेल्ने क्रिस गेलले उत्कृस्ट प्रदर्शन गरेका छन्, अहिलेसम्म खेलेका ४ ईनिंग मध्ये ३ इनिंगमा ५० भन्दा माथिको स्कोर बनाउंदै १२६ को औसतमा २५२ रन बनाएर आफ्नो पावर हिटींग देखाईरहेका छन्।

तर उनलाई अक्सनमा सुरुवातमा नकिनिनु वा कम मुल्यमा किनिनु भन्दा ठुलो दुख आफ्नो पुर्व टिम रोयल च्यालेंजर्स बेंगलोरले धोका दिएकोमा लागेको छ। पन्जाबको लागि प्रतियोगिता खेल्दै गर्दा टाइम्स अफ इन्डियासंग कुराकानी गर्नेक्रममा उनले यस्तो बताएका हुन्। उनलाई सम्झौता प्रक्रिया अगाडी बेंगलोरको ब्यबस्थापनले फोन गरेर रिटेन गर्ने जनाएको र आफुलाई त्यसपछि कुनै सम्पर्क नगरेको बताए।

सबैभन्दा दुखको कुरा मलाई रिटेन प्रक्रिया अगाडी टिमले रिटेन गर्ने जनाउँदै फोन गरेको थियो तर त्यसपछि कुनै सम्पर्क गर्ने प्रयास गरेनन् । त्यसपछि लाग्यो अब म बेंगलोरको लागि यो प्रतियोगिता खेल्दिन । मलाई लाग्छ अघिल्लो सिजन म नराम्रो खेलेपनि त्यसपछि बिगब्याश लिग र क्यारेबियन प्रिमियर लिगमा मैले राम्रो प्रदर्शन गरेको थिएँ ।

आईपिएल अगाडी प्रत्येक टिमले बढीमा आपसी सम्झौता अनुसार अघिल्लो सिजन आफ्नो टिमबाट खेलेका ३ खेलाडीलाई रिटेन गर्ने नियम थियो तर सबैको सोचाई बिपरित उसले क्रिस गेल वा युज्वेंद्र चहलको सट्टा युवा खेलाडी सरफराज खानलाई लियो जसले अहिलेसम्म प्रतियोगितामा आफ्नो मूल्य चुकाएका छैनन्।

अघिल्लो ३ सिजन कोलकत्ता नाइटराइडर्सको लागि खेल्दै सन् २०११ को आइपिएलमा यस्तै बिक्रि हुन नसकेका गेल वेस्ट इन्डिजको लागि पाकिस्तानसंग खेल्ने तयारीमा रहेका थिए तर कसको भाग्य भनौं गेलको या बेंगलोरको ? उसका तिब्रगतिका बलर डर्क नन्नेस घाइते भएपछी उनलाई बेंगलोरले भित्राएको थियो।

त्यसपस्चात उनले ७ वर्ष खेल्नेक्रममा धेरै किर्तिमान सहित ४३.३३ को औसतमा १५२ भन्दा माथिको स्ट्राइक रेटमा ३१६३ रन बनाए। तर अघिल्लो अर्थात २०१७ को आइपिएल सिजनमा मात्र २२.२२ को औसतमा रन बनाएका थिए।

(श्रोत: टाइम्स अफ इन्डिया)

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]