ललितलाई सहयोग गर्न सिप्यानको अपिल , यसरी गर्नुस सहयोग

कन्चनपुरमा आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परेपछि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीको उपचारको लागि नेपाल क्रिकेट खेलाडी संघ ( सिप्यान ) ले सहयोग अभियान चलाउने भएको छ। मिनीट्रकले ठक्कर दिएपछि घाइते भण्डारीलाई उपचारको लागि सोमबार बेलुका कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्रयान्डी हस्पिटल ल्याइएको छ। खतरामुक्त भएका भण्डारीको दायाँ खुट्टा र हात भाँचिएको छ जसको शल्यक्रिया गर्नुपर्नेछ।

क्रिकेट खेलाडी संघले मंगलबार प्रेस बिज्ञप्तिमार्फत खेलाडीहरुको हकहितको लागि आफ्नो संघ समर्पित भएको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ। भण्डारीलाई सहयोग गर्न सीप्यानले आफ्नो बैंक खाता दिएको छ जसमा इच्छुकहरुले रकम जम्मा गर्न सक्नेछन्। संकलित सम्पूर्ण रकम सिप्यानले भण्डारीलाई हस्तान्तरण गर्ने बताईएको छ। विज्ञप्तिमा सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले हस्ताक्षर गरेका छन्।

प्रेस बिज्ञप्ति 

सहयोग गर्न चाहनेहरुको लागि सिप्यानको बैंक खाता 

खातावालाको नाम : क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल

बैंक : सेन्चुरी कमर्सियल बैंक, काठमाडौँ , शाखा : पुतलीसडक, काठमाडौँ

खाता नम्बर : ०० १००० २५२९ CA

Account Name : Cricket Players Association of Nepal

Bank : Century Commercial Bank Limited , Branch : Putalisadak, Kathmandu

Account Number : 00 1000 2529 CA

यो पनि पढ्नुस :-

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

युएई पुगेका सन्दिपलाई टिमले यसरी गर्यो स्वागत, पहिलो खेल गुमाउने निश्चित

IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

यस्तो छ यो सिजन IPL मा कमेन्टेटरहरुको सूची, छैनन् मंज्रेकर





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]