क्रिकेट प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८१ असार ३०, शनिबार १६:००

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल शिक्षक(कोच)हरुको दुई दिने विद्यालय क्रीकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ।

सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघले ग्रस रुट क्रीकेट बिकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालय बाट नै क्रीकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएकोहुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रीकेट संघका सचिब अजय कु.धितालले आफ्नो भनाइमा व्यक्त गर्नुभएको थियो ।

समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री माननीय युवराज दुलाल शरद ले सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रीकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पहिचान बनाउन दिनरात मेहनत गर्ने सिन्धुपाल्चोक क्रीकेट संघ कार्यसमिति लाई विशेष आभार व्यक्त गर्नु भयो साथै सिन्धु क्रीकेटको लागि आफ्नो ठाउँ बाट जस्तोसुकै साथ दिन तयार छु भन्दै प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

निकट भविष्यमा सिन्धुपाल्चोकमा संचालन हुने स्कुल क्रीकेट लिगको लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघको उपाध्यक्ष राजन धितालले बताउनु भयो ।

दुई दिन चलेको उक्त प्रशिक्षणमा सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ जना प्रशिक्षार्थी (कोच)को सहभागितामा प्रशिक्षक बङलादेश BKSP Bangladesh का कोच मसुद हसन बाट दिक्षित हुनुभएको छ ।समापन समारोहमा नेपाल क्रीकेट संघ का केन्द्रिय सदस्य सुदिप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रीकेट लाई टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy