काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन्।
बंगलादेश र स्कटल्यान्डलाई पराजित गर्दै सुपर सिक्समा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालको प्रदर्शन अपेक्षाकृत हुन सकेन।
नेपालले यी दुई खेलमा न ब्याटिङले प्रभाव छोड्न सक्यो, न त बलिङले नै। परिणामस्वरूप नेपाल पहिलो खेलमै बंगलादेशसँग पाँच विकेटको फराकिलो हार बेहोर्न बाध्य भयो।