नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

२०८१ चैत्र ३, सोमबार २०:०८

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो। टोलीको उपकप्तानी भने अभिषेक तिवारीले पाएका छन्।

यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ।

नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। नेपालले त्यसअघि अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तय छ।

अफगानिस्तानसँग सिरिजको पहिलो खेल ३ अप्रिल, दोस्रो ६ अप्रिल र अन्तिम ९ अप्रिलमा हुनेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

क्यानले सोमबार नै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या १८ मा झारेको छ। त्यसबाट अन्तिम १४ सदस्सीय टोली घोषणा गर्ने क्यानले जनाएको छ।

टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्।

१८ सदस्सीय टोली
नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, अशोक धामी, अभिषेक तिवारी (उपकप्तान), सिविन श्रेष्ठ, दिलसाद अलि, दयानन्द मण्डल, अरविन्द घर्ती, युवराज खत्री, विपिनकुमार शर्मा, नितेश पटेल, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, सोहेल कुँवर, अमर मिश्र

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy