नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई कप्तानी जिम्मेवारी दिएको जानकारी दिएको हो। टोलीको उपकप्तानी भने अभिषेक तिवारीले पाएका छन्।

यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने तय छ।

नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन्। नेपालले त्यसअघि अफगानिस्तानसँग युथ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तय छ।

अफगानिस्तानसँग सिरिजको पहिलो खेल ३ अप्रिल, दोस्रो ६ अप्रिल र अन्तिम ९ अप्रिलमा हुनेछ। सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

क्यानले सोमबार नै बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या १८ मा झारेको छ। त्यसबाट अन्तिम १४ सदस्सीय टोली घोषणा गर्ने क्यानले जनाएको छ।

टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन्।

१८ सदस्सीय टोली
नरेन भट्ट (कप्तान), साहिल पटेल, दर्श सोनार, अशोक धामी, अभिषेक तिवारी (उपकप्तान), सिविन श्रेष्ठ, दिलसाद अलि, दयानन्द मण्डल, अरविन्द घर्ती, युवराज खत्री, विपिनकुमार शर्मा, नितेश पटेल, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अप्राजित पौडेल, सोहेल कुँवर, अमर मिश्र





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]