ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ।

पुष २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज्ड एकेडेमीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलमा मदरल्यान्डले दिएको ८७ रनको लक्ष्य कास्की मोर्डनाइज्डले ८.१ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। कास्कीका सोहेल कुँवरले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६७ रन बनाए। उनले २ ओभरमा १६ रन दिएर २ विकेटसमेत लिएका थिए। जिरे मगरले १० रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मदरल्यान्ड सेकेन्डरी स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। मदरल्यान्डका लागि ग्रीश केसीले २० रन र सक्षम क्षेत्रीले १८ रन बनाए। कास्कीका बलर सोहेल कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १६ रन दिएर २ विकेट लिए भने शुभम गिरिले १ विकेट लिए।

गण्डकी छनोट प्रतियोगिताको “म्यान अफ द म्याच”को उपाधि सोहेल कुँवरले जिते।

प्रतियोगिताका अन्य उत्कृष्ट खेलाडीहरु:
– गण्डकी छनोटको उत्कृष्ट बलर: अनिश पटेल (श्री बाराही सेकेन्डरी स्कुल)
– गण्डकी छनोटको उत्कृष्ट ब्याट्सम्यान: सोहेल कुँवर (कास्की मोर्डनाइज्ड एकेडेमी)
– गण्डकी छनोटको उत्कृष्ट खेलाडी: सोहेल कुँवर (कास्की मोर्डनाइज्ड एकेडेमी)

गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाइनल नतिजा:
– मदरल्यान्ड सेकेन्डरी स्कुल: ८६/६ (१० ओभर)
– कास्की मोर्डनाइज्ड एकेडेमी: ९१/२ (८.१ ओभर)
– कास्की मोर्डनाइज्ड एकेडेमी ८ विकेटले विजयी।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]