राजविराज। राजविराज मेयर कप महिला प्राईड लिग टी–२० क्रिकेट प्रतियाेगिता सुरु भएको छ। पवि माविको खेल मैदानमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो।
उद्घाटन खेलमा राजविराज राेयल्स बिजयी भएकाे छ। खडक क्युईनसलाई ६४ रनले पराजित गर्दै राजविराज राेयल्सले बिजयी भएकाे हाे।
राजविराजका अपसरी बेगनकाे शतकी पारी खेलेपछि राजबिराज राेयल्सले २० ओभरमा ४ बिकेेट गुमाएर १ सय ७८ रनकाे बिशाल याेगफल खडा गरेका थिए।
टस जितेर राजविराज राेयल्सका ओपनिङ गर्न आएकी अपसरी बेगनले ६६ बलमा १६ चाैका र ३ छक्काकाे मद्दले १ सय ९ रन बनाउँदै अविजित खेलपछि ठुलाे स्काेर बनाएका थिए। साक्षी यादबले ४१ रन बनाएका थिए।
बलिङतर्फ खडक क्युईनसका भुमी सिँह २ बिकेट तथा माेनिका साह र टिका साहले १/१ बिकेट हात पारेका थिए।
प्रतिउतरमा १७९ रनकाे लक्ष्य लिएका खडकले ६ बिकेट गुमाएर ११४ रन मात्र बनाउन सकेका थिए। जसमा ममता चाैधरीले ४८ रन, माेनिका साह र टीका साहले १३/ १३ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दाेहाेराे स्काेर गर्न सकेन।
बलिङतर्फ राजविराज राेयल्सका प्रतिमा साह र अपेक्षा यादबले २/२ बिकेट तथा साक्षी र अपसरी बेगनले समान १/१ बिकेट लिएका थिए। खेलकाे प्लेयर अफ दि म्याच राजबिराज राेयल्सका अपसरी बेगन घाेषित भइन्।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठकाे अध्यक्षतामा आयाेजित मेयर कप सप्तरी महिला प्राईड लिग क्रिकेट प्रतियाेगिताकाे राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, मधेश प्रदेश क्रिकेट सँघका अध्यक्ष सुनिल महासेठले संयुक्त रूपमा ब्याटिंग र बलिंग गर्दै खेलकाे उदघाटन गरेकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए।
राजविराज नगरपालिका, सप्तरी क्रिकेट संघ, सेभद चिल्ड्रेन, सबल नेपाल, मधेश प्रदेश क्रिकेट संघ, एससिसी फाउण्डेशन, डब्लुएचएचकाे सहयाेग र सहकार्यमा प्रतियाेगिताकाे आयाेजना गरिएकाे प्रतियाेगिता संयाेजक राेशन मण्डलले जानकारी दिए।
विहिवारको खेल खडक क्युईनस र सुरूगां सरभाईबल्सबिच बिहान ९ बजे देखि हुने आयाेजकले जनाएकाे छ।
