कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले पराजित गरेको हो। १२७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो।

कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनीका लागि सरस्वती पुनले ४ तथा मनिषा राना, आस्ना चौधरी र मधु डिसीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन जोडेको थियो।

लुम्बिनीका लागि ओपनर रञ्जु श्रेष्ठले नट आउट रहँदै सर्वाधिक ५१ रन जोडिन्। लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कर्णालीले अतिरिक्तमा ३९ रन खर्चिएको थियो। कर्णालीका लागि अञ्जु गुरुङले ३, रमा बुढाथोकीले २ तथा दिक्षा पुरी र रश्मी खड्काले समान १ विकेट लिईन्।

जितसँगै लुम्बिनीले ४ खेलमा ५ अंकका साथ समूह ‘ए’ मा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकेको छ। लुम्बिनीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। कर्णालीले ४ खेलमा १ अंक जोड्दै समूहको पुछारमा रहेर प्रतियोगिता समाप्त गरेको छ।

आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब समूह विजेताका रुपमा सुपर फोरमा पुगेको छ। सुदूरपश्चिम उपविजेताका रुपमा सुपर फोरमा पुगेको छ । योसँगै समूह ‘ए’ का खेल सकिएका छन् । समूह ‘बी’ का खेल आइतवार सुरु हुनेछ।

प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]