दंगाली टी-२० कपको सेमिफाइनल समीकरण पुरा

  • विकेटनेपाल, मङ्सिर २ – दाङ

दाङ क्रिकेट संघको आयोजनामा संचालन भैरहेको सगरमाथा सिमेन्ट दंगाली टि- २० कप २०१७, क्लब स्तरिय रास्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार भएका क्वाटर फाईनलका खेलहरुमा भ्याली जुनियर क्रिकेट क्लब र योंग गन्ज नेपालगन्ज बिजयी भएका छन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभर खेल्दै २०२ रन बनाएको थियो। उसका इसान पान्डेले ५९, सोनु तामांगले ५२ र प्रज्वल शाहिले ४२ रन बनाएका थिए। बलिङतर्फ घोराही ग्लाडिएटरका अब्दुल नसिम र आशिष केसिले समान २ विकेट लिए ।

२०३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको घोराही ग्लाडिएटर खराब सुरुवात गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १०० रनमा सिमित भएको थियो। ब्याटिङतर्फ आशिस केसिले २५ र महेश लम्सालले १४ रन बनाएपनि अन्य ब्याटसम्यान चल्न सकेनन। घोराही ग्लाडिएटरलाई सस्तैमा रोक्न भ्याली जुनियर क्रीकेट क्लबका किरण कार्किले ३ तथा बिष्णु ठकुरि र बिक्रम केसिले २/२ विकेट लिएका थिए।

शनिबारनै सम्पन्न दोश्रो खेलमा योंग गन्ज नेपालगन्ज २ विकेटले बिजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको योङ स्टार क्रीकेट क्लबले २० ओभर खेल्दै १२५ रन बनाएको थियो। जसमा राहुल पोख्रेलले ३५ रन र बिवस गिरिले १५ रन बनाएका थिए ।

१२६ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको योङ गन्ज नेपालगन्जले १९.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । ब्याटिङ तर्फ खराब सुरुवात गरेको योंग गन्ज नेपालगन्जका लागि  गौतम कनोरियाले (२६) र अनिमेस शाहि (१६) ले आठौ विकेटको लागि अविजित ४६ रनको साझेधारी गरेका थिए । बलिङतर्फ योङ स्टार क्रीकेट क्लबका दिवान पुनले ३ र सुदिप नेपालीले २ विकेट लिएका थिए।

खेलमा म्यान अफ दि म्याच भएका नेपालगंजका गौतम कनोरियालाई घोराही उपमहानगरपालिका वडा न १५ का सदस्य सनत श्रेष्ठले म्यान अफ दि म्याचको पुरस्कार रु ३ हजार प्रदान गर्नुभएको थियो ।

सेमिफाइनल:

देउखुरी क्रिकेट क्लब भर्सेस युएनबिसी क्रिकेट क्लब – भोलि बिहान ९ बजे

भ्याली जुनियर क्रिकेट क्लब भर्सेस योङ स्टार क्रिकेट क्लब – भोलि दिउसो १ बजे





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]