राजु रिजाल उत्कृस्ट हुँदा, देउखुरीलाई दंगाली टि-२० कपको उपाधि

  • विकेटनेपाल, मङ्सिर ५ 

भ्याली जुनियर क्रिकेट क्लब घोराहीलाई १० रनले पराजित गर्दै देउखुरी क्रिकेट क्लबले दंगाली टि-२० कपको उपाधि जितेको छ।

उपाधि सहित देउखुरी क्लबले १ लाख १० हजार रुपैयाँ तथा बिजेता ट्रफी हात पार्यो भने उपविजेता भ्याली जुनियरले ५० हजार रुपैयाँ हात पार्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी देउखुरी क्लबका योगेन्द्र सिंह कार्की घोषित भए जसले रु. १५ हजार प्राप्त गरे। कार्की यु-१९ रास्ट्रिय क्रिकेटर समेतहिसकेका छन्। यस्तै उत्कृस्ट ब्याट्सम्यान भ्याली जुनियरका सोनु तामांग तथा बेस्ट बलर युएनबिसीका नन्दन याबाद घोषित भए जसले ५/५ हजार रुपैयाँ प्राप्त गरे।

सोमबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको देउखुरीले पुरै २० ओभर ब्याटिंग गर्दै १८९ रनको बिशाल स्कोर बनाएको थियो। उक्त स्कोर खडा गर्न यु-१९ रास्ट्रिय क्रिकेट टिमका कप्तान रहीसकेका राजु रिजालले सर्बाधिक ७२, राजबिर सिंहले ३० तथा सन्दिप जोरा २८ रन योगदान दिए। भ्याली जुनियरका बलर कृष्ण कार्की र अविनाश बोहराले समान ३/३ विकेट हात पारेका थिए।

सोनु तामांग ( फाइल तस्बिर )

१९० रनको लक्ष पछ्याएको जुनियरले राम्रो ब्याटिंग प्रदर्शन गरेपनि १७९ रन मात्रै बनाउन सकेपछि थोरै अन्तरले खेल हर्न पुग्यो। सोनु तामांगले सर्बाधिक ८४ रन, कृष्ण कार्कीले ३५ तथा अमरसिंह रौटेलाले २७ रन योगदान दिएका पनि जितको लागि पर्याप्त भएन। ललित राजबंशी र बिनोद थापाले देउखुरीको लागि समान २/२ विकेट हात पारे।

फाइनल खेलको म्यान अफ द म्याच राजु रिजाल घोषित भए जसले रु. ३ हजार प्राप्त गरे।

दांग क्रिकेट संघको आयोजनामा कार्तिक २७ देखि सुरु भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो।

(  समाचार http://tulsipuronline.com को सहयोगमा तयार पारिएको हो । )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy