राजु रिजाल उत्कृस्ट हुँदा, देउखुरीलाई दंगाली टि-२० कपको उपाधि

u19 youth asia cup
  • विकेटनेपाल, मङ्सिर ५ 

भ्याली जुनियर क्रिकेट क्लब घोराहीलाई १० रनले पराजित गर्दै देउखुरी क्रिकेट क्लबले दंगाली टि-२० कपको उपाधि जितेको छ।

उपाधि सहित देउखुरी क्लबले १ लाख १० हजार रुपैयाँ तथा बिजेता ट्रफी हात पार्यो भने उपविजेता भ्याली जुनियरले ५० हजार रुपैयाँ हात पार्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी देउखुरी क्लबका योगेन्द्र सिंह कार्की घोषित भए जसले रु. १५ हजार प्राप्त गरे। कार्की यु-१९ रास्ट्रिय क्रिकेटर समेतहिसकेका छन्। यस्तै उत्कृस्ट ब्याट्सम्यान भ्याली जुनियरका सोनु तामांग तथा बेस्ट बलर युएनबिसीका नन्दन याबाद घोषित भए जसले ५/५ हजार रुपैयाँ प्राप्त गरे।

सोमबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको देउखुरीले पुरै २० ओभर ब्याटिंग गर्दै १८९ रनको बिशाल स्कोर बनाएको थियो। उक्त स्कोर खडा गर्न यु-१९ रास्ट्रिय क्रिकेट टिमका कप्तान रहीसकेका राजु रिजालले सर्बाधिक ७२, राजबिर सिंहले ३० तथा सन्दिप जोरा २८ रन योगदान दिए। भ्याली जुनियरका बलर कृष्ण कार्की र अविनाश बोहराले समान ३/३ विकेट हात पारेका थिए।

सोनु तामांग ( फाइल तस्बिर )

१९० रनको लक्ष पछ्याएको जुनियरले राम्रो ब्याटिंग प्रदर्शन गरेपनि १७९ रन मात्रै बनाउन सकेपछि थोरै अन्तरले खेल हर्न पुग्यो। सोनु तामांगले सर्बाधिक ८४ रन, कृष्ण कार्कीले ३५ तथा अमरसिंह रौटेलाले २७ रन योगदान दिएका पनि जितको लागि पर्याप्त भएन। ललित राजबंशी र बिनोद थापाले देउखुरीको लागि समान २/२ विकेट हात पारे।

फाइनल खेलको म्यान अफ द म्याच राजु रिजाल घोषित भए जसले रु. ३ हजार प्राप्त गरे।

दांग क्रिकेट संघको आयोजनामा कार्तिक २७ देखि सुरु भएको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो।

(  समाचार http://tulsipuronline.com को सहयोगमा तयार पारिएको हो । )





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]