डिपिएल २ फाइनल – धमला र मुस्तफाको अर्ध-शतकमा चौराहाले जोड्यो १८१ रन

  • विकेटनेपाल – ३० चैत्र | शुक्रवार

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको फाइनल खेलमा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । चौराहालाई ठुलो लक्ष्यसम्म पुर्याउन सुनिल धमला र रोहन मुस्तफाले उत्कृस्ट ब्याटिंगको नमुना प्रस्तुत गरे । निर्धारित २० ओभरको खेलमा टिम चौराहा धनगढीले ४ विकेटको नोक्सानीमा १८१ रन जोड्न सफल भयो ।

टस जित्दै पहिले ब्याटिंग गर्न उत्रिएको टिम चौराहा धनगढीको सुरुवात रार्मो हुन सकेको थिएन । टोलिको खातामा मात्र १२ हुँदा व्यक्तिगत ४ रनको स्कोरमा अस्फाक अहमद सन्नी पटेलको बलमा एल बि डब्लु धरापमा पर्दै पभेलियन फर्किएका थिए । तर त्यसपछि भने टिम चौराहाका लागी सुनिल धमला र रोहन मुस्तफाले उत्कृस्ट साझेदारी गर्दै काठमाडौं गोल्डेन्सका बलरलाई कठिन सवाल गरेका थिए । दोस्रो विकेटको लागि १४२ रनको साझेदारी गर्दै धनगढीलाई बिशाल स्कोर तर्फ लैजान सहयोग पुर्याए ।

Sunil Dhamala
Sunil Dhamala

व्यक्तिगत ६० रनको स्कोरमा रन आउट हुनअघि रोहन मुस्तफाले ४२ बलमा ४ चौका र समान छक्का प्रहार गरेका थिए । इनिंगको सुरुवातमा समय लिएर क्रिजमा जमेका मुस्तफाको ब्याट फाइनल खेलमा गज्जबसंग चल्यो । यस प्रतियोगितामा मुस्तफाको यो पहिलो अर्ध-शतक समेत हो । यस्तै चौराहा धनगढीका लागि उत्कृस्ट लयमा रहेका सुनिल धमलाले व्यक्तिगत ७८ रनको योगदान गरे । प्रतियोगिताको दोस्रो अर्ध-शतक बनाउने क्रममा धमलाले ६३ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे । प्रतियोगिताको पहिलो खेलमा समेत धमलाले काठमाडौं गोल्डेन्स बिरुद्द अर्ध-शतक बनाएका थिए ।

Rohan Mustafa
Rohan Mustafa

फिल्डिंग र बलिंगमा अनुशासन बिहिन देखिएको काठमाडौं गोल्डेन्सले कुल ३१ अतिरिक्त रन खर्चिन पुग्यो । काठमाडौंको बलिंगमा सुबोथ भाटीले ४ ओभरको स्पेलमा १७ रन खर्चिएर २ विकेट लिए । यस्तै सन्नी पटेलले ४ ओभरमा २७ रन खर्चेर १ विकेट हात पारे ।

DPL 2 Final - Teams Lineup
DPL 2 Final – Teams Lineup




थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]