नेपालकै सर्बाधिक धनराशीको प्रतियोगिता ‘धनगढी प्रिमियर लिग’ आयोजना हुने

  • विकेटनेपाल, २९ मङ्सिर

यसै बर्ष चैत्र ५ गते देखि धनगढीमा देशकै सर्बाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग सुरुहुने घोषणा भएको छ l

धनगढी क्रिकेट एकेडेमीको आयोजना रहने प्रतियोगिताको बिजेता टोलिले रु. १५ लाख पाउने छ जुन नेपाली क्रिकेटमा हाल सम्मकै सर्बाधिक पुरस्कार राशी हुनेछ l अनुमानित लागत १ करोड ६० लाख रहने प्रतियोगिताको पुरस्कार राशीमै २८ लाख ५० हजार रुपैयाँ खर्च गरिनेछ l

प्रतियोगिताको उपविजेता टोलिले रु. ७ लाख पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार रुपैया प्राप्त गर्नेछन् l यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले मोटरसाइकल प्राप्त गरिने घोषणा गरिएको छ l

देशभरका ६ सहरको टोलिहरु सहभागी हुने प्रतियोगितामा सहभागी हुने टोलिहरुको घोषणा पुष २१ गते सार्बजनिक गरिने बताईएको छ l हाल सम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौँको टिम तयार भइसकेको र अन्य टोली पनि लगभग तयार अवस्थामा रहेको बताईएको छ l

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गर्नुपर्नेछ l दर्ता भएपछि टोलिहरुले खेलाडीहरुको चयन ‘अक्सन प्रणाली’ द्वारा गरिनेछ l अक्सन पुष २३ गते काठमाडौँमा हुनेछ l

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही

अक्सनमा नेपाली रास्ट्रिय क्रिकेट टिमबाट खेलिसकेका खेलाडीको न्युनतम मूल्य ( Base Amount ) रु. ५० हजार हुने छ भने यु-१९ रास्ट्रिय क्रिकेटरको रु. ३०,००० र अन्य क्रिकेटरको लागि रु. २०,००० हुनेछ l

नेपालमै अक्सनको आधारमा हुनलागेको प्रतियोगिता यो दोश्रो पटक हो l यसभन्दा अघि धनगढी क्रिकेट लिगमा खेलाडीहरुको चयन अक्सनको आधारमा गरिएको थियो l धनगढी क्रिकेट लिगकै अर्को संस्करण जस्तो देखिएपनि यसपाली देशभरको टिम समेटी कुल ६ वटा टिम बिभिन्न सहरको हुनले अझ भब्य र फरक हुनेछ l

गत बर्ष आयोजना गरिएको धनगढी क्रिकेट लिगमा धनगढीकै स्थानीय ५ टोलि सहभागी भएका थिए l उक्त प्रतियोगिताको पुरस्कार राशी ३ लाख रुपैया थियो l

यसभन्दा अघि ३ वटा संस्करण सम्म आयोजना गरिएको एसपीए कप र धनगढी क्रिकेट लिगलाई मर्ज गरि धनगढी प्रिमियर लिगको नयाँ स्वरूप विकास गरेको बताईएको छ l

प्रतियोगितामा आफ्नो नाम wicketnepal.com मार्फत गर्दै पारस खड्का
प्रतियोगितामा आफ्नो नाम wicketnepal.com मार्फत गर्दै पारस खड्का

धनगढी प्रिमियर लिगको मुख्य प्रयोजन सगरमाथा सिमेन्टले गर्नेछ जसले १५ लाख रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ l प्रतियोगिताको सह-प्रयोजन राईका टुर एण्ड ट्राभल्स, होटल डिभोटि, वेल्स क्याफे, चौधरी बुक डिपो रहेका छन् भने प्रबर्द्धकको रुपमा नेपाल टुरिजम बोर्ड, रास्ट्रिय खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल ब्यबसायी संघ कैलाली, जिविस कैलाली र क्रिकेट प्लेयर्स एसोसियसन नेपाल रहेका छन् l

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले सानो प्रतियोगिताबाट सुरु गर्दै यति ठुलो प्रतियोगिता सम्भब भएको र नेपाली क्रिकेटमा सम्भावनाहरु निकै रहेको बताउनु भयो l यस्तै रास्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आयोजक सुबास शाहीको प्रयासको तारिफ गर्दै बिश्वभरका खेलाडीहरु नेपाल आएर खेल्न इच्छुक रहेको बताए l

कप्तान पारस खड्काले पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गर्दै लिगको खेलाडी दर्ता सुभारम्भ गरेका थिए l प्रतियोगितामा खेलाडी सहभागि हुन Wicketnepal.com मा आफ्नो नाम दर्ता गर्न सकिन्छ l जसको लागि रु. १५०० रुपैया सनराइज ब्यांकमा जम्मा गर्नुपर्नेछ l

प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा १५ जना खेलाडी र १ जना प्रशिक्षक रहनेछन् l प्लेइंग-११ मा २ जना बिदेशी खेलाडी समेत राख्न पाइनेछ l टिमले आफ्नो टिममा ३ जना बिदेशी खेलाडी दर्ता गर्न पाउनेछ l

प्रतियोगिताका बिभिन्न टिमको कप्तान को रहने भन्ने चयन अक्सन अगाबै टुंगो लगाइनेछ l

टि-२० फर्म्याटमा हुने प्रतियोगिताको लागि टिकट दर रु. ५० रहनेछ जसमा विद्यार्थीहरुलाई ४० प्रतिशत छुटको ब्यबस्था गरिनेछ l टिकट बाट उठेको १५ प्रतिशत रकम सहभागी टिमलाई बाँडिनेछ l

प्रतियोगिताको टिकटबाट उठ्ने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिबंगत प्रशिक्षक अर्जुन खड्काको छोराछोरिको अध्ययनको लागि कोष खादा गर्नको लागि छुट्याइनेछ l

खेलाडी दर्ता गर्न यो लिंकमा क्लिक गर्नुहोला

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy