धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक, १५ लाख अपुग

  • विकेटनेपाल, धनगढी, वैशाख १९

देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक गरिएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो । प्रतियोगिता आयोजनावाट अपुग भएको झण्डै १५ लाख रकम सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले व्यहोर्ने भएको छ । धनगढी प्रिमियर लिगले हौसल थपेकोले अर्को वर्ष नयाँ योजनाका साथ प्रतियोगितालाई आयोजना गरिने आयोजकले दावी समेत गरेका छन्।

धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीका अनुसार लिगमा आम्दानी भन्दा झण्डै १५ लाख रुपैया वढी खर्च भएको छ । झण्डै एक करोड ६७ लाख रुपैया प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा एक करोड ८२ लाख रुपैया प्रतियोगिता आयोजना गर्न खर्च भएको छ । अपुग भएको रकम आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीले व्यहोर्ने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीले बताउनुभयो ।

२०७३ चैत्र २७ गतेबाट २०७४ बैशाख ९ गते सम्म संचालन भएको डिपिएलले क्रिकेट समृद्ध धनगढी र सुन्दर सुदूरपश्चिम निर्माण गर्ने आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ । आगामी श्रृङ्खलामा अझ बढी र अझ बढी आकर्षक ढंगले ल्याउने तयारीमा जुटेको भन्दै आयोजक टोलीले अन्तर्राष्ट्रिय ख्याती प्राप्त विदेशी खेलाडीलाई प्रतियोगितामा उतार्ने प्रयत्न गरिरहेको जनाएको छ । पहिलो पटक फरक रुपमा आयोजना गरिएको प्रतियोगिताले थप हौसला दिएकोले आगामी दिन अझ यसलाई नयाँ र भिन्नै रुपमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।

डिपिएलले नेपाली क्रिकेटलाई व्यवसायिकताको मार्गमा डोर्याएको अपेक्षा आयोजकको रहेको छ । आँट गर्ने हो भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष शाहीले वताउनुभयो । आगामी वर्षबाट अझै भब्य स्वरूपमा हुने अनुमान गरिएको क्रिकेट महाकुम्भले यसक्षेत्रको समृद्धि चुलिएने भन्दै शाहीले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन थालमो धनगढी देशकै नामी शहर बन्ने आशामा रहेको बताउनुभयो ।


खड्का परिवारलाई सहयोग हस्तान्तरण

सुदुरपश्चिमको क्रिकेट विकासमा योगदान पुराउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगबाट टिकट मार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो ।

लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात ९३ हजार ५ सय ९१ र सहभागी भएका ६ टोलीका कप्तानले जनही ५ हजारका दरले प्राप्त भएको ३० हजार रकम गरी एक लाख २३ हजार ५ सय ९१ रुपैया स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको हो।

छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग होस भनेर दिईएको सहयोग रकम धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गर्नुभयो।

फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै

धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको मैदान वनाउनका लागि निजि र सरकारी क्षेत्रवाट सहयोग जुट्दै गएको छ। अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनका लागि ड्रिम फाप्ला अभियान सञ्चानल भएपछि ६ लाखभन्दा बढी रकम निजि क्षेत्रका संस्था र व्यक्तीवाट संकलन भएको छ।

देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग डिपिएलको आयोजनावाट पनि डेढ लाख रकम फाप्लालाई सहयोग गरिएको छ ।
धनगढीको फाप्लालाई अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि अभियान सञ्चालन गरिएपछि सहयोगी हातहरु जुट्दै गएका हुन् । थ्री डि नक्सा तयारी गर्नुका साथै सरकारी स्तरवाट पनि रकम आउन थालेका वेला निजि क्षेत्रले पनि सहयोग गर्न थालेका हुन् ।

देश विदेशमा रहेका संस्था र व्यक्तीहरुले झण्डै ६ लाख ११ हजार रुपैया सहयोग गरेका छन । त्यसमा ढाई लाख रकम सर्वे, अध्ययन र वेवसाईट निर्माणमा खर्च भएको छ। धनगढी प्रिमियर लिगको आयोजनावाट पनि झण्डै डेढ लाख रकम सहयोग गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले वताउनुभयो।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुट्न सवैमा आग्रह समेत गरिएको छ। राजनीतिक दल र नेताहरुलाई दुुरगामी महत्वको फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्न, जोडदार रुपमा माग राखेको एकेडेमिका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]