धोनीले बनाएका ८ ठुलो किर्तिमान

भारतीय क्रिकेटका महानतम खेलाडी महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवार विदा लिएको घोषणा गरे। अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध भारतीय जर्सीमा देखिएका धोनीले त्यसपछि विदाई खेल खेल्ने मौका पाएनन्। आफ्नो करियरमा अस्चार्यजनक निर्णय लिन माहिर धोनीले सन्यासको निर्णय पनि त्यही रुपमा गरे। १९८३ मा भारतले एकदिवसीय विश्वकप जितेपछि भारतको उपाधि खडेरी २००७ को टि-२० विश्वकप जित्दै समाप्त गरेका धोनीले २०११ मा एकदिवसीय विश्वकप जिताउदै आफुलाई उत्कृस्ट कप्तानको रुपमा उभ्याउन सफल भए। प्रस्तुत छ धोनीले आफ्नो करियरको क्रममा बनाएका केहि किर्तिमानहरु :-

१. ३ वटा आईसीसी ट्रफी जित्ने एकमात्र कप्तान 

धोनीको कप्तानीमा भारतले २००७ मा टि-२० विश्वकप, २०११ मा एकदिवसीय विश्वकप तथा २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। तिन वटै उपाधि  जिताउने धोनी विश्वकै एक मात्र कप्तान हुन्। आईसीसीले च्याम्पियन्स ट्रफी प्रतियोगितानै रद्द गरेको हुँदा धोनीको यो रेकर्ड तोड्न अब असम्भव रहेको छ।

२. ६ वटा टि-२० विश्वकपमा कप्तानी

आफ्नो करियरको अधिकांश समय कप्तानी गरेका धोनीको कप्तानीमा भारतले सन् २००७ देखि २०१६ सम्म ६ वटा संस्करण टि-२० विश्वकप खेलेको थियो। २००७, २००९, २०१०, २०१२, २०१४ र २०१६ टि-२० विश्वकपमा धोनीले कप्तानी गरेका थिए। यस क्रममा भरातले २००७ मा दक्षिण अफ्रीकामा सम्पन्न टि-२० विश्वकप जितेको थियो। २०१४ मा बंगलादेशमा आयोजित टि-२० विश्वकपमा भारत श्रीलंकासंग पराजित भएको थियो।

३. सबैभन्दा धेरै स्टम्पिंग 

धोनीले स्टम्पको पछाडी रहँदै अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९५ वटा स्टम्पिंग गरेका छन्। धोनी पछि दोश्रो धेरै श्रीलंकाका कुमार संगाकाराले १३९ पटक स्टम्पिंग गरेका छन्। एकदिवसीय क्रिकेटमा धोनीले सर्वाधिक १२३ पटक स्टम्पिंग गरेका छन्। एकदिवसीय क्रिकेटमा १०० भन्दा बढी स्टम्पिंग गर्ने धोनी विश्वकै एक्लो क्रिकेटर हुन्। दोश्रो धेरै संगाकारा ९९ संगाकारा गरेका छन्।

४. कप्तानको रुपमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल 

धोनीले तिन वटै फर्म्याट गरि भारतको ३३२ वटा अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरे। २०० वटा एकदिवसीय, ६० टेस्ट र ७२ टि-२० मा उनले नेतृत्व गरे जुन विश्वरेकर्ड हो। अस्ट्रेलियाका रिकी पोंटिंगले दोश्रो धेरै ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। धोनी एक मात्र कप्तान हुन् जसले क्रिकेटको तिन वटै फर्म्याटमा ५० खेल अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन्।

५. वानडेमा सबैभन्दा धेरै अविजित पारि 

धोनी एकदिवसीयमा सबैभन्दा धेरै ८४ पटक अविजित रहेका छन् जुन विश्व रेकर्ड हो। दोश्रो धेरै दक्षिण अफ्रीकाका शन पोलक ७२ पटक अविजित रहेका थिए। ८४ पटक धोनी अविजित रहंदा ५१ पटक भारत लक्ष्य पछ्याउदै थियो।

६. छक्का प्रहार गर्दै विश्वकप जिताउने एक मात्र ब्याट्सम्यान

२०११ को विश्वकप भारतले जित्दा धोनीले अन्तिम बलमा छक्काको साथ खेल जिताएका थिए। छक्का प्रहार गर्दै विश्वकप जिताउने धोनी एक मात्र ब्याट्सम्यान हुन्।

७. ५० भन्दा माथिको औशतमा १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा माथिको औशतमा ब्याटिंग गर्दै १० हजार रन पुरा गर्ने धोनी पहिलो क्रिकेटर हुन्। भारतकै बिराट कोहलीले ५० माथिको औशतमा १० हजार रन पुरा गर्दै दोश्रो क्रिकेटर बनेका थिए।

८. टेस्टमा नम्बर-१ स्थानमा ल्याउने पहिलो भारतीय कप्तान 

धोनीको कप्तानीमा पहिलो पटक भारतीय क्रिकेट टिमले टेस्ट क्रिकेटमा नम्बर-१ वरियता हाँसिल गरेको थियो। अस्ट्रेलिया बिरुद्ध ऐतिहासिक जित पछि सन् २००९ मा धोनीले पहिलो पटक भारतलाई उक्त स्थानमा पुर्याएका थिए।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]