- विकेटनेपाल, १ असोज
एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उत्कृस्ट बलर दिपेन्द्र ऐरी घोषित भएका छन्।
कप्तान ऐरीले नेपाललाई प्रतियोगिता जिताउने क्रममा १३ विकेट हात पारेका थिए l उनले भुटानसंग समुह चरणको खेलमा ५ विकेट तथा सेमीफाइनलमा मलेसियासंग पनि ५ विकेट हात पार्दै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । यस्तै फाइनलमा हंगकंगसंग किफायती बलिंग गर्दै १ विकेट लिएका ऐरीले समुह चरणमा थाईल्याण्डसंग र सिंगापुरसंग १-१ विकेट हात पारेका थिए ।
प्रतियोगिताको सर्बाधिक विकेट लिने सुचीमा भने दिपेन्द्र सन्दिप लामिछाने भन्दा पछि रहेका छन् l सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए जसले कुल १६ विकेट हात पारेका थिए ।
दिपेन्द्रले प्रतियोगितामा अफ स्पिन बलिंग गरेका थिए ।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी सन्दिप लामिछाने भए भने उत्कृस्ट ब्याट्सम्यान सिंगापुरका सिद्धान्त घोषित भएका छन्।
सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित
सन्दिप लामिछाने एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताकै सबैभन्दा उत्कृस्ट खेलाडी घोषित भएका छन् ।
कुल ५ खेलमा सन्दिपले १६ विकेट लिंदै धेरै विकेट लिने सुचीमा प्रतियोगिताका सबै बलरहरुलाई पछि छाडेका थिए। धेरै विकेट लिने सुचीमा नेपालका कप्तान दिपेन्द्र ऐरी दोश्रो स्थानमा छन् जसले कुल १३ विकेट हात पारेका थिए।
हंगकंग बलर जठाभेद ९ विकेट सहित धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा छन् । पवन सर्राफले कुल ८ विकेट सहित सुचीको चौथो स्थानमा रहे ।
लेग स्पिनर सन्दिप यो भन्दा अघिल्लो प्रतियोगिता यु-१९ एसिया बिश्व कप छनौटमा पनि कुल २४ विकेट सहित प्रतियोगिताको धेरै विकेट लिने खेलाडी तथा उत्कृस्ट खेलाडी घोषित भएका थिए ।
हंगकंगलाई पराजित गर्दै एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्ने क्रममा सन्दिपले ३ विकेट हात पारेका थिए ।
प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डसंग ७ विकेट लिएका सन्दिपले त्यसपछि भुटानसंग ४ विकेट हात पारेका थिए । तेश्रो खेलमा सिंगापुरसंग १ विकेट लिएका सन्दिपले सेमीफाइनलमा मलेसियासंग पनि १ विकेट हात पारेका थिए ।
प्रतियोगिताकै किफायती बलर
सन्दिप लामिछाने धेरै विकेट लिने मात्रै हैन प्रतियोगिताकै सबैभन्दा किफायती बलर समेत भएका छन् । ५ खेलमा सन्दिपले मात्र १.४५ प्रति ओभरको इकोनोमिले बलिंग गरेका छन् ।
सन्दिपले ५ खेलमा कुल ३२.४ ओभर बलिंग गर्दा मात्र ४७ रन खर्चिएका थिए ।
सन्दिप सुनार धेरै रन बनाउनेमा दोश्रो
नेपाली ओपनर सन्दिप सुनार प्रतियोगिताको धेरै रन बनाउने सुचीमा दोश्रो स्थानमा रहे l ५ खेलमा कुल १४३ रन बनाएका सन्दिपले सेमीफाइनलमा मलेसियासंग अविजित ५१ रन बनाएका थिए ।
सिंगपुर ब्याट्सम्यान सिद्धान्त ४ खेलमा १४३ रन सहित सुचीको अग्रस्थानमा रहेका छन् । यस्तै मलेसिया कप्तान भिरनदिप सिंह ४ खेलमा १३७ रन सहित तेश्रो स्थानमा रहे ।
नेपाली ब्याट्सम्यान अनिल शाह ५ खेलमा १२९ रन सहित चौथो र आसिफ शेख ५ खेलमा १०१ रन सहित सुचीको पाचौ स्थनमा रहेका छन् ।
पुरस्कार वितरण समारोहको भिडियो