एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा मलेसियासंग प्रतिस्पर्धा गरिरहेको नेपालले मलेसियालाई दबाबमा राखेको छ l
टस जितेर फिल्डिंग रोजेको मलेसियाले ३३ औ ओभरमा १०५ रन बनाउदा ६ विकेट गुमाईसकेको छ l
नेपालको लागि कप्तान दिपेन्द्र ऐरीले सर्बाधिक ४ विकेट हात पारेका छन् l
मलेसिया कुनै बेला ६४-१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए l त्यसपछि मलेसियाले निरन्तर विकेट गुमाईरहेको छ l
मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए l
खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला
अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस )
यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाल सेमीफाइनल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो ।
समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले , दोश्रो खेलमा भुटानलाई ९ विकेटले तथा तेश्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l