राहुल द्रविड प्रशिक्षक रहेको भारत बिरुद्ध दिपेन्द्र ऐरीको शानदार इनिंग

Dipendra Airee
  • विकेटनेपाल, कार्तिक २६ 

यु-१९ युथ एसिया कप अन्तर्गत दोश्रो खेलमा भारत यु-१९ टिमबिरुद्ध उत्रेको नेपाल यु-१९ टिमले पहिले ब्याटिंग गर्दै भारतलाई १८६ रनको लक्ष दिएको छ।

नेपालको लागि कप्तान दिपेन्द्र ऐरीले उत्कृस्ट इनिंग खेल्ने क्रममा ८८ रनको योगदान दिए । उनले १०१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नेपाललाई राम्रो स्कोरतर्फ डोर्याएका थिए। टेस्ट रास्ट्र बिरुद्ध दिपेन्द्रको यो मात्रै उत्कृस्ट प्रदर्शन भने हैन । अन्तिम पटक श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा ऐरीले ९० रनको इनिंग खेलेपनि जितबाट नेपाल मात्र १ रनले चुकेको थियो।

बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो । आसिफ शेख ३, अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न आएका ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिंग अघि बढाएका थिए । जितेन्द्र ३६ रन बनाएर २८ औं ओभरमा आउट भए जसले ९५ बलमा ३ चौका प्रहार गरेका थिए ।

त्यसपछि दिपेन्द्र ऐरीले एउटा किनार सम्हालीरहे। रोहित पौडेल ६ , भिम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भएका थिए।

शतकबाट १२ रनले चुक्दै इनिंगको ४९ औं ओभरमा आउट भएका ऐरीलाई मन्दिप सिंहले पेभेलियन पठाएका थिए।

महान ब्याट्सम्यान राहुल द्रविडले प्रशिक्षण गरिरहेको भारतीय टिमको लागि बलर अभिषेक शर्मा र आदित्य ठाकरेले २/२ विकेट दिलाएका थिए। नेपालले अतिरिक्त रनको रुपमा ९ रन पायो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग २ विकेटको झिनो अन्तरले हार बेहोरेको थियो । प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्न भारतलाई पराजित गर्नु आवस्यक रहेको छ ।

स्कोरकार्ड हेर्नुस 

( नोट – फिचर फोटो पुरानो प्रयोग गरिएको हो )





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]