सन्दिपको स्थानमा दिपेन्द्र कप्तान, यु-१९ टिममा धेरै परिवर्तन

Nepal U19 Cricket team
  • विकेटनेपाल, भदौ, ११

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ ( पुर्बी क्षेत्र ) प्रतियोगिताको लागि नेपाली टिमको अन्तिम छनौट गरिएको छ l सन्दिप लामिछानेको स्थानमा दिपेन्द्र ऐरीलाई कप्तान घोषणा गरिएको छ l

सन्दिपले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए पनि यु-१९ बिश्वकप छनौटमा नतिजा र कप्तानीको कारणले आलोचित बनेका थिए l घोषणा गरिएको १४ जना टिममा यु-१९ एसिया बिश्वकप छनौट टिममा रहेका प्रकास केसी, रिजन ढकाल, ललित राजबंशी र आदील खान योपालि टिममा रहने छैनन् l

२०१४ मा यु-१६ रास्ट्रिय क्रिकेट टिमको कप्तानी गरेका तथा काठमाडौँ गोल्डेनसको लागि धनगढी प्रिमियर लिगमा राम्रो खेलेका सुमित महर्जनले अन्तिम १४ मा नाम लेखाएका छन् l यस्तै यो बर्ष रुस्लान कपमा राम्रो लेग स्पिन बलिंग गर्दै चर्चा कमाएका बिक्रम भुसाल पनि टिममा छन् l भुसाल राम्रो ब्याटिंग समेत गर्नसक्छन l

बिक्रम भुसाल

घाइते भएका कारण बिश्व कप छनौटमा टिममा स्थान बनाउन नसकेका तिब्र गति बलर नन्दन यादबले टिममा कमब्याक गरेका छन् जो गत बर्ष श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा टिममा थिए l यस्तै बिश्व कप छनौटमा अन्तिम १८ मा रहेका ब्याट्सम्यान सन्दिप जोराले पनि टिममा स्थान बनाएका छन् l

यु-१९ बिश्वकपमा खराब प्रदर्शन गरेपनि बन्दसत्रमा राम्रो प्रदर्शन गरेपछि आसिफ शेख पुनः टिममा अटाएका छन् l अर्का ओपनर सन्दिप सुनार, प्रनित थापा, अनिल साह, पवन सर्राफ , रोहित पौडेल, किशोर महतो टिममा यथावत रहेका छन् l

कमल सिंह ऐरी, ललित राजबंशी , प्रकाश केसी र रिजन ढकाललाई बैकल्पित खेलाडीको सुचीमा राखिएको छ l

टिमको छनौट रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा र यु-१९ रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक बिनोद दासले गरेका हुन् l छनौट गर्न २८ जना खेलाडीहरुलाई १ साता बन्दसत्रमा राखी अभ्यास खेलहरु खेलाईएको थियो l

यी हुन् १४ खेलाडी :-

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

एसीसी यु-१९ मा नेपाल र आयोजक मलेसिया सहित सिंगापुर, थाईल्याण्ड, भुटान, हंगकंग , चिन र म्यानमार खेल्दै छन् l नेपाल समुह ‘ए’ मा रहेको छ l

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

प्रतियोगिताको उत्कृस्ट हुने २ टिम नोभेम्बरमा मलेसियामा आयोजना हुने यु-१९ एसिया कपमा सहभागी हुने मौका पाउनेछ l नेपाली टिम सेप्टेम्बर ७ तारिकमा मलेसिया प्रस्थान गर्नेछ l





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]