भुटान ५० रनमै समेटियो, दिपेन्द्र र सन्दिपको उत्कृस्ट बलिंग

  • विकेटनेपाल, २८ भदौ 

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले भुटानलाई ५० रनमै अल आउट गरेको छ l

कप्तान दिपेन्द्र ऐरीले सर्बाधिक ५ तथा सन्दिप लामिछानेले ४ विकेट हात पारेपछि भुटान नेपाल सामु निरिह साबित भएको थियो l ऐरीले ८ ओभर बलिंग गर्दै २३ रन खर्चेर ५ विकेट हात पारे भने लामिछानेले ७ ओभरमा मात्र ७ रन खर्चदै ३ मेडन ओभर समेत फालेका थिए l

भुटानको लागि टासी फुन्सोले सर्बाधिक १६ रन प्रहार गरेका थिए भने ओपनर उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् l भुटानको इनिंगमा मात्र २ चौका प्रहार भएको थियो l

सन्दिप लामिछानेले ४ विकेट हात पारे l फाइल फोटो

किनरारा मैदानमा भुटानले टस जितेर ब्याटिंग गरेको थियो जसपछि तेश्रो ओभरमा नन्दन यादबले पहिलो सफलता दिलाएसंगै लगातार विकेट गुमाएको थियो l नेपालले ९ रन अतिरिक्तको रुपमा खर्चेको थियो l

नन्दन यादबले १ विकेट हात पार्दा रोहित पौडेल, बिक्रम भुसाल र पवन सर्राफ विकेट बिहिन भएका थिए l

 

यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l

खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]