सर्बाधिक धनराशीको डीपीएल दोश्रो संस्करण घोषणा, रुस्लान क्रिकेट मुख्य प्रायोजक

dpl 2
  • विकेटनेपाल, २२ असोज 

धनगढी प्रिमियर लिग ( डिपीएल ) को दोश्रो संस्करणको आइतबार घोषणा भएको छ । माघ ५ गते देखि संचालन हुने प्रतियोगितालाई रुस्लान क्रिकेटले मुख्य प्रायोजन गर्नेछ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत विजय डिस्टिलरीको रुस्लान क्रिकेट र आयोजक धनगढी क्रिकेट एकेडेमीले सम्झौतामा हस्ताक्षर गरेपछि धनगढी प्रिमियर लिगको नामको अघि रुस्लान जोडिएको छ ।

सम्झौता अनुसार रुस्लानले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ३५ लाख नगद प्रदान गर्नेछ भने ३५ लाख रुपैयाँ प्रतियोगिता प्रबर्द्धन तथा अन्य गतिविधिमा खर्च गर्नेछ । सम्झौता पत्रमा एकेडेमीका अध्यक्ष सुबास शाही र रुस्लानको तर्फबाट जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिका अध्यक्ष श्रीहर्ष शमसेर राणाले हस्ताक्षर गरेका थिए ।

प्रतियोगिताको यस अघिको संस्करणलाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गरेको थियो ।

सर्बाधिक धनराशी 

डीपीएल दोश्रो संस्करणको बिजेता टिमले  २५ लाख रुपियाँ पाउनेछ भने उपविजेताले रु. १० लाख तथा तेश्रो हुने टिमले ३ तथा चौथो हुने टिमले २ लाख रुपैयाँ पाउनेछ। डिपीएलको पुरस्कार राशि नेपाली घरेलु क्रिकेटमै सर्बाधिक हो । एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपैयाँ पाउने घोषणा गरिएको छ ।

डिपीएलको गत संस्करणको बिजेताले १५ लाख रुपैयाँ पाएको थियो ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार रुपियाँ पाउनेछ भने म्यान अफ द सिरिजले अपाचे १८० सिसिको मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै उत्कृस्ट ब्याट्सम्यान/बलर विधामा समेत पुरस्कार प्रदान गरिनेछ । पुरस्कारमा मात्रै आयोजकले ५० लाख रुपैयाँ खर्चनेछ ।

प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ ।

८ वटा टिम 

पछिल्लो बर्ष ६ वटा टिमले डीपीएल खेलेका थिए भने यो बर्ष टिमको संख्या बढाएर ८ पुर्याउने आयोजकले बताएको छ । पहिले खेलेका ६ टिमलाई प्राथमिकता दिंदै थपिने २ टिमको घोषणा मंसिरमा गरिनेछ ।

अघिल्लो सिजनमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कंचनपुर आइकोनिक, काठमाडौँ गोल्डेन्स र बिराटनगर किंग्स सहभागी थिए ।

पुर्ब रास्ट्रिय क्रिकेटरलाई सम्मान 

नेपालको लागि रास्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको १ जना पुर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएका १ ब्यक्तिलाई अर्जुन खड्का स्मृति सम्मान स्वरूप १/१ लाख रुपैयाँ प्रदान गरिनेछ ।

धनगढी क्रिकेट एकेडेमी निर्देशक सुबास शाही

टिकटदर 

दर्शकहरुले डीपीएलको लिग चरणको खेल हेर्न रु. ५० , प्ले अफमा रु. ७० तथा फाइनलमा रु. १००को टिकट काट्नुपर्नेछ । टिकट मार्फत उठेको रकमको २० प्रतिशत फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान ( ड्रिम फाप्ला ) लाई छुट्याइने छ । यस्तै सहभागी टिमहरुलाई ४० प्रतिशत रकम बाँडिनेछ ।

अक्सनमा आधारित प्रतियोगिता 

डिपीएल दोश्रो सिजन पनि अक्सनमा आधारित हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्नेछ । नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समाबेश गरिनेछ । नाम दर्ता गर्ने मिति सार्वजनिक गरिएको छैन ।

भिडियो





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]