डिपिएलको प्रत्यक्ष प्रशारण अब एपीवानले गर्ने

  • विकेटनेपाल, ८ चैत ।

यस अघि डीस होम स्पोर्ट्सले गर्ने सम्झौता भएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको प्रत्यक्ष प्रशारण एपीवान टिभीले गर्ने भएको छ।

एसीसी ईमर्जिङ टिम्स कपका कारण सगरमाथा सिमेन्ट डिपिएलको पुर्वानिर्धारित कार्यक्रम प्रभावित भएको र यसअघि प्रत्यक्ष प्रशारण गरिने भनिएको डिस होम स्पोर्टस च्यानलको पनि सगरमाथा सिमेन्ट डिपिएलको पुर्वनिर्धारित व्यस्त तालिकाले प्रत्यक्ष प्रसारण गर्न सम्भव नभएपछि एपीवान टेलिभिजनसँग सम्झौता भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले बताएको छ।

अन्नपुर्ण ब्रोडकास्ट र धनगढी क्रिकेट एकेडेमी बिच भएको सम्झौता अनुसार डिपिएलका सवै खेलको प्रत्यक्ष एपीवान टेलिभिजनबाट हुनेछ।

अन्नपुर्ण ब्रोडकाष्ट मिडिया र आयोजक धनगढी क्रिकेट एकेडेमी बिच भएको पाँच बर्षे सम्झौता अनुसार सगरमाथा सिमेन्ट डिपिएलको एपीवानले आवश्यक परेका वेला फुटेजहरु स्थानिय तथा राष्ट्रिय सञ्चारकर्मीलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ। एपीवानले प्रत्येक खेलको प्रत्यक्ष प्रशारण सकिएपछि यथाशिघ्र चाडो अनलाईन तथा युटुयुबमा खेलको भिडियो अपलोड गर्ने सम्झौता भएको छ।

 





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]