सर्यो धनगढी प्रिमियर लिग

२०७३ चैत्र ३, बिहीबार ००:००

Sagarmatha Cement Dhangadhi Premier League
  • विकेटनेपाल काठमाडाैं, चैत्र १

पूर्वनिर्धारित समयमा एसियन क्रिकेट काउन्सिल (एससिसी)ले एसीसी इमर्जिङ टिम्स कप आयोजना गर्ने भएपछि धनगढी प्रिमियर लिग चैत्र २७ गते देखि बैशाख ९ गते सम्म आयोजना हुने भएको छ l

यसअघि प्रतियोगिता चैत ५ गते आयोजना हुने भनिएको थियो l

‘हामीले पूर्वनिर्धारित समयानुसार आयोजनाको ९० प्रतिशत काम सकाइसकेका थियौं,’ आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘तर, अन्तर्राष्ट्रिय खेलमा खेलाडीहरूको एक्सोजरलाई मध्यनजर राख्दै प्रतियोगिता पछाडि धकेल्ने निर्णयमा पुगेका हौं।’ उनका अनुसार इमर्जिङ कप र डिपिएल दुबै नेपाली क्रिकेटका लागि दुबै महत्वपुर्ण छन्। ‘डिपिएलले घरेलु क्रिकेटमा व्यवसायिकताको प्रवर्द्धन गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ।’

डिपिएलमा देशभरिका विभिन्न ६ वटा टिमका सहरहरू सहभागी हुँदैछन्। काठमाडौं, विराटनगर, भैरहवा, धनगढी, अत्तरिया र कञ्चनपुर सहभागी टिम हुन्। टिममा सहभागी हुने खेलाडीका लागि काठमाडौंमा अक्सन गरिएको थियो। काठमाडौंको कप्तानमा बसन्त रेग्मी, भैरहवाको शक्ति गौचन, धनगढीको पारस खड्का, अत्तरियाको ज्ञानेन्द्र मल्ल र कञ्चनपुरको विनोद भण्डारीले प्रतिनिधित्व गर्दैछन्।

 

https://www.youtube.com/watch?v=q6048bFsjU8&list=PLrz3GIeWouXg7dPxdZY1meuuMHyB7XKQP&index=3

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy