डिपीएललाई रुस्लानको साथ

  • विकेटनेपाल- काठमाडौ, फागुन ५ 

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा आउँदो चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलाई रूस्लान क्रिकेटले एशोसियसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ।

रूस्लान क्रिकेट र धनगढी क्रिकेट एकेडेमी बीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। रूस्लानका तर्फबाट कानुन विभाग प्रमुख गुरू अधिकारी र धनगढी क्रिकेट एकेडेमीका तर्फबाट अध्यक्ष सुवाश शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर गर्दै एकेडेमीका अध्यक्ष सुवास शाहीले धनगढी क्रिकेटसँग जोडिएको रूस्लान क्रिकेटप्रति आभार व्यक्त गर्दै निरन्तर साथको अपेक्षा राखे। त्यस्तै, रूस्लानका कानुन विभाग अधिकारीले नेपाली खेलकुद विकासमा रूस्लानले महत्वपूर्ण सहयोग गर्दै आएको बताउँदै धनगढी क्रिकेटलाइ पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

देशमै पहिलो पटक राष्ट्रिय खेलाडीहरूको अक्सनमा आधारित प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमले सहभागिता जनाउँदै छन्। घरेलु क्रिकेटको सवैभन्दा ठुलो उक्त प्रतियोगिता बहुप्रतिक्षित प्रतियोगितामा पर्दछ।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता हो। टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउनेछन् l

होटल डिभोटी एसपिए कप र सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगलाई मर्ज गरेर नयाँ स्वरुपमा समगरमाथा सिमेन्ट डिपिएलको आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा सहभागि छ टोलीमा धनगढी, काठमाडौ, विराटनगर, अत्तरिया, रुपेन्देहरी र कञ्चनपुर रहेका छन्।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा नाम दर्ता गराएपछि उनीहरुलाई अक्सनमा लगिएको थियो। काठमाडौमा सम्पन्न अक्सनमा टिम मालिकले खेलाडीहरु अनुबन्ध गरिसकेका छन्।

प्रतियोगिताको लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीबीच प्ले अफ हुनेछ । पहिलो र दोस्रो टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]