डिपीएलको तयारी अन्तिम चरणमा (फोटो फिचर)

विकेटनेपाल, चैत्र १५ – बिहिबार । देशकै सर्बाधिक पुरस्कार राशिको प्रतियोगिता धनगढी प्रिमियर लिगको दोश्रो संस्करणको तयारि अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट आयोजनाको मान्यता पाईसकेको छ त्यसैले प्रत्येक टिममा दुईजना बिदेशी खेलाडीहरुको समेत उपस्थिति रहने छ ।

शनिबारबाट धनगढीको सेती अंचल प्रहरी कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको लागि आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अध्यक्ष सुबाश शाहीले प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगितामा रोमान्चकता भर्नको लागि केहि हदसम्म ब्याटिंग पिच निर्माण गर्न  दुई महिना पहिलेदेखि तयारि थाल्दै भारतबाट दुई जना क्युरेटर र नेपालका रास्ट्रीय अनुभवी क्युरेटर अजय पाण्डेको निरीक्षणमा पिच निर्माण गरिएको छ ।

पिच क्युरेटर अजय पाण्डे

यस्तै खेलमा दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै प्याराफिट निर्माणको कामलाई तिब्रता दिईएको छ । पहिलो संस्करणमा मात्र तीन हजार जनाको क्षमता भएकोमा यो पालि सात हजार दर्शक अट्ने प्याराफिटको निर्माण भोलि सकिने शाहीले बताए । साथै मैदानमा एल.ई.डी टिभीको समेत ब्यबस्था गरिएको छ जसको मद्दतले खेल लाइभ तथा रिप्ले समेत हेर्न सकिने छ ।

शाहीले विकेटनेपालसँगको कुराकानीमा भोलि प्रतियोगिताको बिजेताले पाउने ट्रफी सार्बजनिक गरिने जानकारी दिए ।

प्रतियोगिताको बिजेताले २५ लाख पुरास्कार रकम प्राप्त गर्ने छन् भने उपविजेताले १० लाख, तेस्रो हुने टोलीले ३ लाख र दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार नगद पाउनेछन् ।

 

 

विकेटनेपालसँग अध्यक्ष शाहीको बिशेष कुराकानी र मैदानको तयारि:





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]