ललितपुरको ब्याटिंगको मध्यक्रम नचल्दा पोखरालाई जितको लागि १३९ को लक्ष्य

Yogesh Nagar
  • विकेटनेपाल, पौष १२  – बुधवार  

ओपनर ब्याट्समेनहरु जयकिसन कोल्सावाला र शंकर रानाले दिएको उत्कृस्ट सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्न नसक्दा ललितपुर प्याट्रीयट्स आफ्नो पहिलो इनिंगमा १३८ रनमा रोकिएको छ। किर्तिपुर मैदानमा जारि दिनको दोस्रो खेल (एलिमिनेटर) मा ललितपुर प्याट्रीयट्सले पोखरा राईनोजलाई १३९ रनको लक्ष्य दिएको छ।

टस जित्दै पोखरा राईनोजले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको ललितपुरले उत्कृस्ट सुरुवात गर्यो। पहिलो विकेटका लागि ओपनर ब्याट्समेनहरु जयकिसन कोल्सावाला र शंकर रानाले ६० रनको साझेदारी गरे।

टोलीलाई राम्रो सुरुवात दिनेक्रममा ओपनर जयकिसन कोल्सावालाले २८ रन बनाए। २२ बल खेलेका कोल्सावालाले ३ चौका र १ छक्का प्रहार गरे। प्रतियोगिताभरि नै आफ्नो संयमित ब्याटिंगको कारण चर्चा कमाएका कोल्सावालाले यस खेलमा पनि त्यस्तै ब्याटिंगको प्रदर्शन गरे।

त्यस्तै अर्का ओपनर शंकर रानाले पनि ललितपुरको इनिंगमा ३४ रनको योगदान गरे। ४३ बल खेलेका रानाले ४ चौका र छक्का समेत प्रहार गरे।

शंकर राना र जयकिसन कोल्सावालाले उत्कृस्ट ब्याटिंग गर्दै ललितपुरलाई ठुलो स्कोर तर्फ लागिरहेका समयमा इस्रारुल्लाह र सुशन भारीले विकेट लिंदै पोखरालाई खेलमा ल्याए।

६० रन बनाउंदा कुनै विकेट नगुमाएको ललितपुरले थप १६ रन जोड्न ५ विकेट गुमायो। ज्ञानेन्द्र मल्ल, सोनु तामांग र कुशल भुर्तेल चल्न नसक्दा ललितपुरको ठुलो स्कोर बनाउने सपाना टुट्यो।

खेलको बीच ओभरमा पोखरा राईनोजका बलरले विकेट लिंदै रन गतिलाई घटाए पनि खेलको अन्त्य तर्फ ललितपुरका दुई ब्याट्समेनहरु सन्नी पटेल र दिपेश भण्डारीले ठुला सट प्रहार गर्दै ललितपुरको इनिंगलाई १३८ रन सम्म पुर्याए।

२६ बल खेलेका सन्नी पटेलले २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडे। त्यस्तै दिपेश भण्डारीले पनि १७ बलमा १९ रनको योगदान दिए।

सुरुवाती ओभरमा फिक्का देखिएको पोखराको बलिंग बिचका ओभरमा भने उत्कृस्ट रह्यो। पोखराको लागि इस्रारुल्लाहले ३ तथा सुशन भारीले २ विकेट लिए। ४ ओभर बलिंग गरेका इस्रारुल्लाहले १४ रन खर्चेर ३ विकेट लिए भने समान ओभर बलिंग गरेका सुशन भारिले ३३ रन खर्चेर २ विकेट लिए।

अहिले ललितपुरले जवाफी ब्याटिंग सुरु गरिसकेको छ। यस खेलको बिजेताले भोलि भैरहवा ग्लाडीएटर्स संग फाईनल प्रवेशका लागि भिड्ने छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]