ENGvPAK : लगातार छैठौं टि-२० सिरिज जितमा इंग्ल्यान्डको नजर

इंग्ल्यान्ड र पाकिस्तान बीच जारि तिन टि-२० को सिरिज अन्तर्गत अन्तिम र निर्णायक टि-२० मंगलबार खेलिदैछ। पहिलो खेल वर्षाको कारण रद्द भएपछि दोश्रो टि-२० इंग्ल्यान्डले ५ विकेटले जितेको थियो। अन्तिम टि-२० जित्दै पाकिस्तान सिरिज १-१ को बराबरी गर्न चाहन्छ भने इंग्ल्यान्ड २-० ले सिरिज आफ्नो नाम गर्न चाहन्छ।

खेल नेपाली समय राति १०:४५ बजे सुरु हुनेछ।

दोश्रो टि-२० मा इंग्ल्यान्ड विजयी हुँदा पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। जितमा इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले ३३ बलमा ६६ रन तथा दविड मलानले अविजित ३६ बलमा ५४ रन बनाएका थिए। पाकिस्तानको लागि मोहम्मद हफिजले ६९ र बाबर आजमले ५६ रन बनाएका थिए।

पहिलो टि-२० मा हारको कारण पाकिस्तान कप्तान बाबर आजमले बलरहरुले अनुशाशित बलिंग नगर्नु बताएका थिए। यस्तै पाकिस्तानका पूर्व क्रिकेटर शोयब अख्तर र रमिज राजाले बाबर आजमको कप्तानी क्षमतामा प्रश्न उठाउदै उनले निर्णयहरु आफै लिनुपर्ने बताएका थिए।

पहिलो टि-२० मा इंग्ल्यान्ड कप्तान मोर्गनले ३३ बलमा ६६ रन बनाएका थिए

इंग्ल्यान्डको नजर लगातार छैठौं टि-२० सिरिज जितमा

भारत बिरुद्ध २०१८ मा टि-२० सिरिजमा हार पछि इंग्ल्यान्डले खेलेको ५ वटा टि-२० सिरिज सबै जित्न सफल भएको छ। यस क्रममा इंग्ल्यान्डले श्रीलंका, वेस्टइन्डिज, पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। पाकिस्तानसंग अन्तिम टि-२० जितेमा इंग्ल्यान्डको यो छैठौं लगातार टि-२० सिरिज जित हुनेछ।

इंग्ल्यान्ड टिम : ओएन मोर्गन, मोइन अलि, जोनी बेयरस्टो, टम बान्]टन, स्याम बिलिंग्स, टम करन, जो डेनलि, लुइस ग्रेगोरी, क्रिस जोर्डन, शकिब महमुद, दविद मलान, आदील रशिद, जेसन रोय र डेभिड विलि

पाकिस्तान टिम : बाबर आजम, फखर जमान, हैदर अलि, हरिस रौफ, इस्तिखर अहमद, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान, मोहम्मद आमिर, नसिम शाह, सरफराज अहमद, शदाब खान, शाहिन शाह, शोएब मलिक र वाहब रियाज

यो पनि पढ्नुस :-

टि-२० औशतमा बाबरले उछिने कोहलीलाई

CPL T20 : सन्दिपको जमैकाको सातौँ खेल आज पोलार्डको ट्रिनबागोसंग ( सम्पूर्ण जानकारी )

IPL : धोनीले कति नम्बरमा ब्याटिंग गर्नुपर्ला ? गम्भीरसंग छ जवाफ

रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

“यो पटक आईपीएल सर्वाधिक हेरिनेछ” गांगुली

रैना भारत फर्कनुको कारण यस्तो, सफलता टाउकोमा चढेको टिम मालिकको आरोप

IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]