अक्टोबर २३ मा ईपीएलको अक्सन, पढ्नुस कसरि गर्ने रजिस्ट्रेसन

२०७४ आश्विन ८, आईतवार ००:००

  • विकेटनेपाल, असोज ८ 

एभरेस्ट प्रिमियर लिग ( ईपीएल )  टि-२० प्रतियोगिताको अक्सन अक्टोबर २३ तारिकमा ( कार्तिक ६ ) हुने भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ अक्सनको मिति तथा प्रतियोगिताको लागि खेलाडीको नाम दर्ता २५ सेप्टेम्बर सोमबार देखि सुरु हुने समेत घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनमा ईपीएल र आईएमई बीच सह-प्रयोजनको समेत सम्झौता भएको थियो। आईएमईले ईपीएललाई २ बर्ष सहप्रायोजन गर्ने सम्झौता पत्रमा ईपीएल निर्देशक आमिर अख्तर र आईएमई मार्केटिङ म्यानेजर ड्यानियल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने खुलाईएको छैन ।

ईपीएलको लागि २५ सेप्टेम्बर देखि अक्टोबार ९ तारिकसम्म खेलाडीहरुले आफ्नो नाम eplt20.com.np वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन् ।

डिसेम्बरमा संचालन हुने एभरेस्ट प्रिमियर लिगमा कुल ६ टिम सहभागी हुनेछन् । काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा लेजेन्ड्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा सहभागी छन् ।

एभरेस्ट प्रिमियर लिगको फर्म भर्नु अघि – 

एभरेस्ट प्रिमियर लिगमा खेलाडीले आफ्नो नाम दर्ता गर्न निम्न प्रक्रिया पुर्याउनु पर्नेछ ।

सबैभन्दा पहिले तपाई नेपाली नागरिक हुनुपर्छ ।

खेलाडीहरुलाई निम्न ३ वटा ग्रेडमा बिभाजन गरिएको छ जसमा तपाई पर्नुपर्नेछ – 

  • ग्रेड ‘ए’ :  जसले नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि कम्तिमा ३ बर्ष खेलीसकेको छ
  • ग्रेड ‘बि; : जसले नेपालको लागि बिभिन्न उमेर समुह ( यु-१६, यु-१९, यु-२१, यु-२३ ) अथवा नेपाली टिमको लागि ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ
  • ग्रेड ‘सी’ : जसले नेपालको रास्ट्रिय स्तरको घरेलु प्रतियोगिता वा सिनियर स्तरको घरेलु प्रतियोगिता खेलेको छ ( पछिल्लो ५ बर्षको अबधि भित्र )

–  ए ग्रेडमा छनौट हुन खेलाडी कम्तिमा पनि घरेलु क्रिकेट नियमित खेलेको हुनुपर्नेछ
– रजिस्टर गरिसके पछि एभरेस्ट प्रिमियर लिगको आयोजकले मात्र ७० जनाको नाम छनौट गर्न सक्ने बताईएको छ त्यसकारण रजिस्टर गर्ने सबैले अक्सनमा सहभागी हुन पाउनेछन् भन्ने निश्चित छैन ।

ईपीएल निर्देशक आमिर अक्ख्तर

कसरि गर्ने रजिस्टर ? 

रजिस्टर गर्न आईएमई ( इन्टरनेसनल मनि एक्सप्रेस ) को कुनै पनि साखामा गई रु. १,००० जम्मा गर्नुपर्नेछ । जम्मा गरेपछि तपाईले पेमेन्ट कोड पाउनुहुनेछ जुन कोड eplt20.com.np मा भेरीफाई गरिसकेपछि फर्म भर्न पाउनुहुनेछ ।

एकपटक रजिस्ट्रेसन गरिसकेपछि तपाईले तिर्नु भएको रकम आयोजकले फिर्ता गर्नेछैन ।

अक्सनमा कुन ‘ग्रेड’ को खेलाडीको मूल्य कति 

ए’ ग्रेड

  • नेपाल रास्ट्रिय क्रिकेट टिमको लागि कम्तिमा ३ बर्ष खेलेको खेलाडीहरु ‘ए’ ग्रेडमा रहनेछन् ।
  • ‘ए’ ग्रेडबाट एउटा टिमले कम्तिमा ३ र बढीमा ५ जना खेलाडी १५ जनाको टिममा अनिवार्य लिनुपर्नेछ ।
  • ए ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. १ लाख हुनेछ ।
  • ए ग्रेडको खेलाडीको अधिकतम मूल्य ( सिलिंग ) रु. १ लाख ७५ हजार रुपैयाँ हुनेछ ।

‘बि’ ग्रेड 

  • उमेर समुह क्रिकेटमा ( यु-१६, यु-१९, यु-२१, यु-२३ ) नेपालको प्रतिनिधित्व गरेको खेलाडी र कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको खेलाडी यो ग्रेडमा रहनेछन् ।
  • एउटा टिमले ‘बि’ ग्रेडबाट कम्तिमा ४ जना खेलाडीहरु १५ जनाको टिममा अनिवार्य लिनुपर्नेछ ।
  • यो ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. ७५ हजार हुनेछ ।
  • यो ग्रेडको खेलाडीको अधिकतम मूल्य ( सिलिंग ) रु. १ लख २५ हजार रुपैयाँ हुनेछ ।

‘सी’ ग्रेड 

  • नेपालको रास्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका अथवा पछिल्लो ५ बर्ष सिनियर स्तरको घरेलु क्रिकेटमा सहभागिता जनाएका खेलाडीहरु यो ग्रेडमा रहनेछन् ।
  • ‘ए’ र ‘बि’ ग्रेडको खेलाडीहरु अक्सनमा किनीसकेपछि १५ जनाको टिम पुरा गर्न बाँकी रहने खेलाडीहरु यो ग्रेडबाट किन्न सक्नेछन् ।
  • यो ग्रेडको खेलाडीको निम्नतम मूल्य ( बेस प्राइस ) रु. ५० हजार हुनेछ भने अधिकतम मूल्य ( सिलिंग ) रु. ७५,००० हुनेछ ।
  • टिमहरुले १ जना बिशिस्ट घरेलु क्रिकेटर आफ्नो अनुरोधमा अक्सनमा समाबेस गर्न पाउनेछ ।

गत महिना एभरेस्ट प्रिमियर लिगको मालिक र मार्की खेलाडीको घोषणा गरिएको थियो ।

डिसेम्बरमा हुने प्रतियोगितामा कुल ६ टिम सहभागी हुने छन् । काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा लेजेन्ड्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहनेछन् ।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि रहेकाछन्, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा लेजेन्ड्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।

मार्की खेलाडीले कप्तानी नगर्ने समेत सम्भावना रहने आयोजकले बताएको छ ।

टिम – मार्की खेलाडी – मालिक

काठमाडौँ किंग्स ११ – सोमपाल कामि- रोहित गुप्ता
ललितपुर प्याट्रियट्स – ज्ञानेन्द्र मल्ल – किशोर महर्जन
बिराटनगर वारियर्स – पारस खड्का – बिशाल अग्रवाल
भैरहवा ग्ल्याडीयटर्स – शरद भेसावकर – आदित्य सांघाई
पोखरा राइनोज  – शक्ति गौचन – शाहील अग्रवाल
चितवन टाइगर्स – दिपेन्द्र ऐरी – किशोर भट्टराई

प्रतियोगिताको बिजेताले नेपाली घरेलु क्रिकेटकै सबैभन्दा बढी २१ लाख रुपैयाँ पाउनेछन् ।

यो पनि पढ्नुस 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy