EPL : काठमाडौँलाई गर या मरको स्थिति

काठमाडौँमा जारि चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा मंगलबार सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ र शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ९:३० बजे विहान सुरु हुनेछ।

लिग अंकतालिकामा ४ खेलमा १ जित र ३ हार बेहोर्दै २ अंक सहित पाँचौ स्थानमा रहेको काठमाडौँ किंग्स-११ लाई प्लेअफ प्रवेश गर्न आजको खेल जित्ने पर्नेछ। यस्तै अंकतालिकामा ४ खेलमा ६ अंक सहित तेश्रो स्थानमा रहेको भैरहवा आज विजयी भएको खण्डमा अंकतालिकाको शिर्ष स्थानमा रहँदै पहिलो क्वालीफायरमा चितवन टाइगर्ससंगको भेट पक्का गर्नेछ। ५ खेल खेलीसकेको चितवन ८ अंक सहित पहिलो क्वालीफायर प्रवेश गरिसकेको छ। बुधबार खेलिने पहिलो क्वालीफायर जित्ने टिम सोझै फाइनल प्रवेश गर्नेछ।

यस्तै आजको खेल ललितपुर पेट्रिएट्स र पोखरा राइनोजको लागि समेत महत्वपूर्ण रहनेछ। अंकतालिकामा ३ अंक सहित चौंथो स्थानमा रहेको ललितपुर प्लेअफ प्रवेश गर्न काठमाडौँ किंग्स-११ आज हार्नु पर्नेछ। काठमाडौँको मात्र २ अंक रहेको छ र आज जित दर्ता गरे काठमाडौँ प्लेअफ पुग्नेछ। यस्तै अंकतालिकाको दोश्रो स्थानमा रहेको पोखरा दोश्रो स्थानमा रहँदै पहिलो क्वालीफायरमा छनोट हुन भैरहवा हार्नुपर्नेछ। पोखराको ७ अंक छ भने भैरहवाको ६ अंक रहेको छ।

आजको खेल पछि प्लेअफको समीकरण सार्वजनिक हुनेछ। लिगको प्लेअफ खेलहरु बुधबार ( अक्टोबर ६ ) तारिख देखि सुरु हुनेछ। बुधबार विहान ९:३० बजे पहिलो क्वालीफायरमा अंकतालिकाको शिर्ष -२ टोलि तथा दिउँसो १:३० बजे अंकतालिकाको तेश्रो र चौंथो स्थानमा रहने टिम बीच इलिमीनेटरमा प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालीफायर जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमीनेटरको विजेतासंग दोश्रो इलिमीनेटर बिहिबार खेल्नेछ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]