ईपीएल टिम पोखरा राइनोजको कप्तान, जर्सी घोषणा ( फोटो फिचर )

  • विकेटनेपाल- कार्तिक २९ 

एभरेस्ट प्रिमियर लिग टिम पोखरा राइनोजको कप्तानी मार्की प्लेयर शक्ति गौचनले गर्ने भएका छन्।

आज काठमाडौँको सांग्रिला होटलमा आयोजित पत्रकार सम्मेलनमाझ राइनोजले टिमको कप्तान घोषणा गर्नुको साथै टिम जर्सी र लोगो समेत सार्बजनिक गरेको छ।

जे-फोर ( J4 Sports ) स्पोर्ट्स कम्पनिको मातहतमा रहेको टिम पोखरा राइनोजका प्रबन्ध निर्देशक शाहील अग्रवाल, ईपीएल निर्देशक आमिर अख्तर, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा टिमका खेलाडीहरु कप्तान शक्ति गौचन, बिनोद भण्डारी तथा राजेश पुलामीको उपस्थितिमा जर्सी तथा लोगो सार्बजनिक गरिएको थियो।

कार्यक्रममा भिडियो मार्फत जर्सी र लोगो प्रस्तुत गरिएको थियो भने मोडल शाहरुखले र्याम्प वाक गर्दै जर्सी सार्बजनिक गरेका थिए।

https://www.youtube.com/watch?v=Q72KAPN9-3c

कार्यक्रममा आफ्नो भनाइ राख्दै कप्तान तथा मार्की प्लेयर शक्ति गौचनले भारतमा आईपीएल जस्तै नेपालमा ईपीएल जस्तो प्रतियोगिताले रास्ट्रिय टिम बाहेकका खेलाडीलाई आफ्नो प्रतिभा ठुलो स्तरमा देखाउने मौका प्रदान गरेको बताएका थिए।

राइनोजले मंसिर २ गते पोखरामा ट्यालेन्ट हन्ट मार्फत टिमको लागि एउटा खेलाडी चुन्ने समेत घोषणा गरेको छ। ईपीएलका प्रत्येक टिमले ट्यालेन्ट हन्ट मार्फत एक खेलाडी टिममा राख्नुपर्ने अनिवार्य गरेको छ।

पोखरा राइनोज टिमले मार्की प्लेयर शक्ति गौचन बाहेक बिनोद भण्डारी, राजेश पुलामी, सुशन भारि, सुनिल धमला, सौरभ खनाल, बिक्रम सोब, नुरधोज सेन, किशोर महतो, सन्तोष भट्ट तथा बिपिन खत्रीलाई अक्सनमा खरिद गरेको थीयो।

टिमले बिनोद भण्डारीलाई अधिकतम मुल्य रु. १ लाख ७५ हजार रुपैयाँमा किनेको थियो। यस्तै सौरभ खनाललाई १ लाख २५ हजार रुपैयाँ तथा राजेश पुलामीलाई १ लाख २० हजार रुपैयाँ खर्चेको थियो। ईपीएलमा बिनोदकै मूल्यमा सन्दिप लामिछाने, आरिफ शेख र करन केसी बिक्रि भएका थिए।

यस्तै  सुनिल धमलालाई १ लाख १५ हजार, सुशन भारिलाई १ लाख ५ हजार, बिक्रम सोबलाई ७५ हजार रुपैयाँमा किनेको थियो बिपिन कार्की, नुरधोज सेन र सन्तोष भट्टलाई समान ५० हजार रुपैयाँमा टिमले किनेको थियो।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेकाछन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि , ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy