ईपीएल टिम पोखरा राइनोजको कप्तान, जर्सी घोषणा ( फोटो फिचर )

Model Shahrukh revealing Pokhara Rhinos jersey
  • विकेटनेपाल- कार्तिक २९ 

एभरेस्ट प्रिमियर लिग टिम पोखरा राइनोजको कप्तानी मार्की प्लेयर शक्ति गौचनले गर्ने भएका छन्।

आज काठमाडौँको सांग्रिला होटलमा आयोजित पत्रकार सम्मेलनमाझ राइनोजले टिमको कप्तान घोषणा गर्नुको साथै टिम जर्सी र लोगो समेत सार्बजनिक गरेको छ।

जे-फोर ( J4 Sports ) स्पोर्ट्स कम्पनिको मातहतमा रहेको टिम पोखरा राइनोजका प्रबन्ध निर्देशक शाहील अग्रवाल, ईपीएल निर्देशक आमिर अख्तर, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा टिमका खेलाडीहरु कप्तान शक्ति गौचन, बिनोद भण्डारी तथा राजेश पुलामीको उपस्थितिमा जर्सी तथा लोगो सार्बजनिक गरिएको थियो।

कार्यक्रममा भिडियो मार्फत जर्सी र लोगो प्रस्तुत गरिएको थियो भने मोडल शाहरुखले र्याम्प वाक गर्दै जर्सी सार्बजनिक गरेका थिए।

https://www.youtube.com/watch?v=Q72KAPN9-3c

कार्यक्रममा आफ्नो भनाइ राख्दै कप्तान तथा मार्की प्लेयर शक्ति गौचनले भारतमा आईपीएल जस्तै नेपालमा ईपीएल जस्तो प्रतियोगिताले रास्ट्रिय टिम बाहेकका खेलाडीलाई आफ्नो प्रतिभा ठुलो स्तरमा देखाउने मौका प्रदान गरेको बताएका थिए।

राइनोजले मंसिर २ गते पोखरामा ट्यालेन्ट हन्ट मार्फत टिमको लागि एउटा खेलाडी चुन्ने समेत घोषणा गरेको छ। ईपीएलका प्रत्येक टिमले ट्यालेन्ट हन्ट मार्फत एक खेलाडी टिममा राख्नुपर्ने अनिवार्य गरेको छ।

पोखरा राइनोज टिमले मार्की प्लेयर शक्ति गौचन बाहेक बिनोद भण्डारी, राजेश पुलामी, सुशन भारि, सुनिल धमला, सौरभ खनाल, बिक्रम सोब, नुरधोज सेन, किशोर महतो, सन्तोष भट्ट तथा बिपिन खत्रीलाई अक्सनमा खरिद गरेको थीयो।

टिमले बिनोद भण्डारीलाई अधिकतम मुल्य रु. १ लाख ७५ हजार रुपैयाँमा किनेको थियो। यस्तै सौरभ खनाललाई १ लाख २५ हजार रुपैयाँ तथा राजेश पुलामीलाई १ लाख २० हजार रुपैयाँ खर्चेको थियो। ईपीएलमा बिनोदकै मूल्यमा सन्दिप लामिछाने, आरिफ शेख र करन केसी बिक्रि भएका थिए।

यस्तै  सुनिल धमलालाई १ लाख १५ हजार, सुशन भारिलाई १ लाख ५ हजार, बिक्रम सोबलाई ७५ हजार रुपैयाँमा किनेको थियो बिपिन कार्की, नुरधोज सेन र सन्तोष भट्टलाई समान ५० हजार रुपैयाँमा टिमले किनेको थियो।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेकाछन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि , ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् ।

 

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]