ईपीएललाई आईसीसीको मान्यता, २० हजार डलर तिर्नुपर्ने

  • विकेटनेपाल, मङ्सिर २८ 

यही पुष ३ गतेबाट आयोजना हुने एभरेस्ट प्रिमियर लिग टि-२० ( ईपीएल ) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको छ।

एभरेस्ट प्रिमियर लिगले आज साँझ जारि गरेको प्रेस बिज्ञप्ति अनुसार ईपीएलको २०१७ सिजनलाई आईसीसीले मान्यता दिएको तथा आईसीसीले रास्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु खेल्न प्रतियोगितालाई खुला गरेको बताईएको छ।

केहि दिन अघि आईसीसी द्वारा प्रतियोगिता मान्यता प्राप्त नभएको खबर आएपछि बिदेशी तथा स्वदेशी खेलाडीहरु खेल्न नपाउने कुरा सार्वजनिक भएको थियो। आईसीसीले मान्यता दिएको ईपीएल पहिलो घरेलु प्रतियोगिता भएको छ।

ईपीएलमा बिभिन्न नेपालका सहरहरुको नाममा ६ वाट टिम खेल्दै छन् जसमा प्रत्येक टिमले ३ जना बिदेशी खेलाडी खेलाउनै पर्ने नियम राखिएको छ। प्रत्येक टिममा १/१ जना मार्की खेलाडी राखिएको छ भने १० जना खेलाडीहरु प्रत्येक टिमले अक्सन मार्फत खरिद गरिसकेको छ। प्रतियोगिताको बिजेताले २१ लाख रुपैयाँ पाउनेछ।

ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तरको नाममा जारि बिज्ञप्तिमा आईसीसीद्वारा क्रिकेट बोर्ड प्रतिबन्ध गरिएको देशमा घरेलु प्रतियोगिता गराउन आईसीसीको मान्यता लिनुपर्ने रहेको जसअनुरुप ईपीएलले आईसीसीको निर्देशन अनुरुप सम्पूर्ण प्रक्रिया पुरा गरेपछि आईसीसीले प्रतियोगितालाई मान्यता दिएको हो। झन्डै २ बर्ष अघि देखि नेपाल क्रिकेट संघ ( क्यान ) लाई लगाएको प्रतिबन्ध आईसीसीले फुकुवा गरेको छैन।

ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तर

ईपीएललाई आईसीसीले मान्यता दिएबापत २० हजार अमेरिकी डलर समेत बुझाएको बताएको छ। त्यो पैसाको उपयोग आईसीसीले नेपाली क्रिकेटकै विकासको लागि लगाउने छ। आईसीसीले दिएको मान्यता आगामी बर्षको लागि भने हैन। यो बर्षको सिजनले मात्रै आईसीसीले मान्यता दिएको बताईएको छ।

यो पनि पढ्नुस – ११ फोटोमा हेर्नुस, ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

आईसीसीले विश्वसनीय सरोकारवालाहरुसंगको सल्लाह पछि ईपीएललाई मान्यता दिएको बिज्ञप्तिमा उल्लेख छ। आईसीसीले दिएको मान्यता ईपीएलको लागि मात्रै नभईकन समग्र नेपाली क्रिकेट समर्थकहरुको लागि समेत खुसिको खबर भएको आयोजकले बिज्ञप्तिमा बताएको छ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

यो पनि पढ्नुस –   चिन्नुस् आईपीएल खेलेका यी क्रिकेटर जो ललितपुरबाट ईपीएल खेल्दैछन्





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]