ईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल ललितपुर र काठमाडौँ बीच

  • विकेटनेपाल, १४ मङ्सिर 

एभरेस्ट प्रिमियर लिग यही पुष ३ गते देखि सुरु हुने भएको छ। ६ टिम सहभागी हुने लिगको खेल तालिका आज सार्वजनिक भएको छ। ३ गते सुरु हुने प्रतियोगिताको फाइनल १५ पुषमा खेलिनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स एक्स-आई र ललितपुर प्याटरिएट्स प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल पछि पुष ८ गते सम्म  दिनहुँ २ वटा खेल आयोजना हुनेछन्। पुष ९ गते १ दिन कुनै पनि खेल हुनेछैनन्।

सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने प्रतियोगिताको लिग चरणको खेल पुष ११ गते सकिनेछ जसपछि १३ गते पहिलो क्वालिफायर र इलिमिनेटर हुनेछ। पुष १३ गते दोश्रो क्वालिफायर हुनेछ। पुष १५ गते शनिबार फाइनल खेल आयोजना हुनेछ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ ।

प्रतियोगिताको लागि अक्सन मार्फत प्रत्येक टिमले १० जना खेलाडी किनीसकेको छ भने ३ जना बिदेशी खेलाडी प्रत्येक टिमले निश्चित गर्न बाँकी रहेको छ। १ जना खेलाडी ट्यालेन्ट हन्ट मार्फत चुनिनेछ।

अक्सनमा आरिफ शेख, करण केसी, सन्दिप लामिछाने र बिनोद भण्डारीले सर्बाधिक मूल्य पाएका थिए । ४ जना खेलाडीहरु १ लाख ७५ हजार मूल्यमा बिक्रि भएका थिए । लिस्ट हेर्नुस 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy