ललितपुर प्याट्रीयट्सको सहज जित ( फोटो फिचर सहित )

  • विकेटनेपाल, पौष ३ – सोमबार

एभरेस्ट प्रिमियर लिग त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदान किर्तिपुरमा सुरु भएको छ। उद्घाटन खेल अन्तर्गत पहिलो दिन ललितपुर प्याट्रीयट्सले काठमाण्डौ किंग्स ११ लाई ७ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

स्कोरकार्ड 

टस हातेपछि पहिले ब्याटिंग गरेको काठमाडौँ किंग्स एक्सआईले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाई ८९ रन मात्रै बनाउन सकेपछि ९० रनको लक्ष ललितपुर प्याट्रीयट्सले मात्र ३ विकेट गुमाई १६.४ ओभरमा पुरा गर्यो।

ललितपुरको जितमा भारतीय खेलाडी जयकिशन कुमार कोसलावालाले अविजित ४४ रनको पारि खेलेका थिए । उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

कोसलावालाले अविजित ४४ रन बनाए

दोश्रो बलमा पवन सर्राफलाई शुन्य रनमा गुमाएको ललितपुरका लागि दोश्रो विकेटको रुपमा कोसलावाला र कप्तान ज्ञानेन्द्र मल्ल मिलेर ५८ रनको साझेदारी गरे। मल्ल २० रन बनाएर आउट भए जसपछि योगेश नागार २ रन बनाई आउट भए। ३ विकेट गुमेपछि राजबिर सिंहले कोल्सावालालाई साथ दिए र अविजित १४ रन बनाउदै जितसम्म डोर्याए ।

बलिंगतर्फ काठमाण्डौका लागि श्रीलंकन खेलाडी अक्षय फर्नान्डोले २ विकेट लिन १९ रन खर्चिए। अर्को १ विकेट सोमपालको नाममा रह्यो ।

यसघि टस हारेर ब्याटिंग गरेको काठमाण्डौले कमजोर प्रदर्शन गर्दै ८९ रन बनाउदा १८.३ ओभरमा सबै विकेट गुमाएको थियो। कुनै समयपनि लयमा नदेखिएको उसका लागि ओपनर अमित श्रेष्ठले २७ रन प्रहार गरेपनि अन्य ब्याट्सम्यानले साथ नदिदा सामान्य स्कोरमात्रै बन्यो । उनले २८ बलमा ४ चौका प्रहार गरेका थिए।

ललित राजबंशी प्लेयर अफ द म्याच चुनिए

काठमाण्डौलाई सस्तैमा रोक्न ललितपुरका सागर भाटीले ४ विकेट लिए भने ललित राजबंशीले पनि ३ विकेट हात पारे । मेहबुब आलमले काठमाण्डौको माथिल्लोक्रम ध्वस्त पार्नेक्रममा कप्तान फर्भेज महरूफ़ सहित २ विकेट आफ्नो नाममा गरे।

खेलको म्यान अफ द म्याच ३ विकेट लिएका ललितपुर बलर ललित राजबंशी चुनिए जसले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट हात पारेका थिए।

प्रतियोगिता अन्तर्गत भोलिको पहिओ खेल बिहान ९ बजे चितवन टाइगर्स र पोखरा राइनोज बीच हुनेछ भने दोश्रो खेल बिराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स बीच १ बजे खेलिनेछ।

ईपीएलमा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्।

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ।

ललितपुर प्याट्रियट्स समर्थकहरु

lalitpur patriots

( फोटो – ललितपुर प्याट्रियट्स फेसबुक )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy