ईपिएल फाईनल: बिराटनगरद्वारा भैरहवालाई १५०रनको लक्ष्य

  • विकेटनेपाल, पौष १५ – शनिबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बिराटनगर वारियर्सले भैरहवा ग्लाडीएटर्सलाई रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले   २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको छ ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगरले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । टिमको स्कोर ३४ रन रहेको बेला शरद भेसावाकरले गरेको खेलको छैठौ ओभरको दोश्रो बलमा मात्र ७ रन बनाएर क्याच आउट भएका थिए ।

बिराटनगरले ८ औ ओभरको पहिलो बलमा एक रन निकाल्दै ५० रनको स्कोर पुरा गरेको छ । उसका अन्शुमन राथले ३० तथा बाबर हयातले ८ रन बनाएर ब्याटिंग गरिरहेका थिए ।

बाबर हयात दोश्रो विकेटको रुपमा आउट हुने क्रममा आरिफ शेखले गरेको नबौ ओभरको चौथो ओभरमा मात्र ११ रनमा आउट भएका थिए ।

बिराटनगरले तेस्रो विकेट गुमाउने क्रममा हरिशंकर शाहले गरेको तेह्रौ ओभरको चौथो बलमा अन्शुमन राथले सिधै एक्स्ट्रा कभरको हातमा दिएका थिए  । उनले ४१ बलमा ४१ रन बनाएर आउट भएका थिए ।

त्यस्तै टिमको स्कोर ९९ रन भएको अवस्थामा पारस खड्का २२ बलमा २७ रन बनाउदै हरिशंकर शाहको बलमा लंगअनमा भुवन कार्कीको हातबाट क्याच आउट भएका थिए ।

त्यसपछि भने केहि सुस्त देखिएको बिराटनगरका लागि अनिल शाहले २२ रन बनाउन १७ बल खेले भने प्रनित थापाले पनि १४ रन बनाए । त्यस्तै करण केसीले २ बलमा ९ रन प्रहार गरे ।

बलिंगतर्फ भैरहवाका लागि हरिशंकर शाहले ४ ओभरमा १६ रन खर्चेर अन्शुमन राथ र पारस खड्काको विकेट लिए भने शरद भेसावाकर, कृष्ण कार्की, भुवन कार्की र आरिफ शेखले पनि १/१ विकेट लिए ।

फाइनल खेलमा बिराटनगर वारियर्सका कप्तान पारस खड्काले भैरहवा ग्लाडीएटर्स बिरुद्दको खेलमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए ।

टस जितेपछि पारसले आफुले पहिले ब्याटिंग गर्दै राम्रो योगफल तयार पार्दै बिपक्षी टिमलाई दबाबमा राख्ने बताएका छन् भने शरद भेसावाकरले टस हारेपनि पहिले बलिंग गर्ने निर्णय गरेकोले टसले कुनै असर नगरेको जनाएका छन् ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]