ईपीएल टिकट मूल्य घोषणा, यस्ता छन् दर्शकलाई आकर्षण

  • विकेटनेपाल, १९ मङ्सिर – मंगलबार 

पुष ३ गते देखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-२० प्रतियोगिताको टिकट मूल्य घोषणा गरिएको छ। ईपीएल टि-२० हेर्न दर्शकहरुले रु. १०० खर्चिनु पर्नेछ जसमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन्।

ईपीएल आयोजकले खेल हेर्न आउने दर्शकले यसभन्दा अघि नदेखेको सुबिधाहरु टियु मैदानमा उपलब्ध हुने बिश्वास दिलाएका छन्।

मैदानमा दर्शकको लागि प्रत्येक दिन सांगीतिक कार्यक्रम, सेलिब्रिटी, पहिलो खेल सकिएको ब्रेकमा प्रत्येक दिन छुट्टै मनोरञ्जन, डिजे, फुडस्टल, वाईफाई हटस्पट लगायत ब्यबस्था गरिने प्रतियोगिता प्रमुख आमिर अख्तरले बताएका छन्।

बिशेष आकर्षणको रुपमा १६/९ फिटको एलईडी स्क्रिन समेत राख्ने जसमा थर्ड अम्पायरको मात्र नभई दर्शकले आफ्नो उपस्थिति समेत हेर्न सक्ने बताईएको छ। नेपाली क्रिकेटमै पहिलो पटक थर्ड अम्पायरको ब्यबस्था समेत प्रतियोगितामा गरिदैछ।

ईपीएल प्रमुख आमिर अख्तर

“टिकटको मूल्य सस्तो राखेका छौँ,  ५० रुपैयाँमा पुरा दिन मनोरञ्जन पाउनुहुनेछ, २ वटा खेल त्यसपछि खेलको ब्रेकमा अन्य मनोरञ्जन दर्शकले पाउनेछन्”  अख्तरले टिकटको संस्कार बसाल्ने प्रयास स्वरूप किन्न सकिने दरको टिकट राखेको बताए-

“टिकट बेचेर पैसा उठाउन भन्दा पनि संस्कारको विकास गर्न खोजेका हौँ, घरेलु क्रिकेटमा पनि दर्शक आउनु पर्यो। टिकटको कल्चर बिना खेलकुदको विकास हुँदैन”

दर्शकहरुले टिकट आईएमईको सबै सेन्टरमा तथा अन्य काउन्टरहरुमा समेत पाउने तथा मैदानमै आएर पनि लिन सक्नेछन्। यसपटक प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रियको देखाउन समेत यसपटक बिशेष पहल गरिएको छ।

मैदानको सजावट, थ्रीडी बिज्ञापन म्याट लगायत ब्यबस्था गरिनेछ जसको लागि इन्डियन प्रिमियर लिग तथा बिश्वकप क्रिकेटको अनुभब भएका ब्यक्तिहरु आयोजक टिममा रहनेछन्।खेलाडीहरु बस्नेत अन्तर्राष्ट्रिय स्तरको डगाउट, पेभेलियनको ब्यबस्था गरिनेछ भने भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा बिशेष सुबिधा प्रदान गरिनेछ।

२०१६ को ईपीएलमा चियर लिडर्सहरु

के गर्दैछ आयोजक ? 

१. बिभिन्न भेराइटिको खान-पिनको ब्यबस्था
२. सफा र सुबिधा सम्पन्न ट्वाइलेट
३. ब्यबस्थित पार्किङ
४. मैदान वरिपरी टिकट काउन्टरहरुको ब्यबस्था, टिकट प्रत्येक  आईएमई काउन्टरमा उपलब्ध हुने
५. प्रत्येक दिन मनोरञ्जन जसमा दर्शकको प्रत्यक्ष सहभागिता रहने
६. लाइभ डिजे र क्राउड रेजर
७. चियर लिडर्स
८. स्तरीय साउण्ड सिस्टम
९. भीआईपी, भीभीआईपी, टिम मालिक, मिडिया र सामान्य सिट गरि बिभिन्न सिट उपलब्ध हुने
१०. प्रत्यक्ष प्रशारणको लागि १६/९ फिटको एलईडी स्क्रिन राखिने
११.  सेलिब्रिटीहरुको उपस्थितिमामा दर्शकहरुलाई मनोरञ्जन
१२. खेल हेर्न आउने दर्शकहरुलाई आकर्षक पुरस्कार

पुष ३ गते देखि सुरु हुने प्रतियोगितामा काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहेका छन्। खेल तालिका 

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ।

प्रतियोगिताको लागि अक्सन मार्फत प्रत्येक टिमले १० जना खेलाडी किनीसकेको छ भने ३ जना बिदेशी खेलाडी प्रत्येक टिमले निश्चित गर्न बाँकी रहेको छ। १ जना खेलाडी ट्यालेन्ट हन्ट मार्फत चुनिनेछ। अक्सनमा आरिफ शेख, करण केसी, सन्दिप लामिछाने र बिनोद भण्डारीले सर्बाधिक मूल्य पाएका थिए । ४ जना खेलाडीहरु १ लाख ७५ हजार मूल्यमा बिक्रि भएका थिए । लिस्ट हेर्नुस

 

 

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]