एभरेष्ट प्रिमियर लिगबारे सम्पूर्ण जानकारी

  • विकेटनेपाल, पौष  ३

नेपालको सबैभन्दा ठुलो रास्ट्रीयस्तरको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेट सोमबारदेखि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा सुरु हुँदैछ। पहिलो दिन उद्घाटन खेलमा बिहान ११ बजे ललितपुर प्याट्रियोट्स र काठमाडौं किंग्स खेल्नेछन्।  खेल तालिका

दुई खेल हुने दिनहरुमा पहिलो खेल बिहान ९:०० बजे सुरु हुने छ भने दोश्रो खेल दिउसो १२:४५ बजे सुरुहुनेछ। प्रत्येक खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्नेछ ।

खेल हेर्न जाने साधारण दर्शकको लागि टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिंदै ५० रुपैयाँ तोकिएको छ । दर्शकहरुले टिकट आईएमईको सबै सेन्टरमा तथा अन्य काउन्टरहरुमा समेत पाउने तथा मैदानमै आएर पनि लिन सक्नेछन्। यसपटक प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रियको देखाउन समेत यसपटक बिशेष पहल गरिएको छ।

मैदानको सजावट, थ्रीडी बिज्ञापन म्याट लगायत ब्यबस्था गरिएको छ जसको लागि इन्डियन प्रिमियर लिग तथा बिश्वकप क्रिकेटको अनुभब भएका ब्यक्तिहरु आयोजक टिममा रहेका छन। खेलाडीहरु बस्ने अन्तर्राष्ट्रिय स्तरको डगाउट, पेभेलियनको ब्यबस्था गरिएको छ भने भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा बिशेष सुबिधा प्रदान गरिएको छ ।

ईपीएल बिजेता ट्रफी

दर्शकहरुको प्रतक्ष्य सहभागिता सहित प्रत्येक दिन मनोरञ्जन कार्यक्रम गरिने छ, मैदानमा प्रत्यक्ष प्रशारणको लागि १६/९ फिटको एलईडी स्क्रिन, थर्ड अम्पाएर, चियर्स लिडर, साउण्ड सिस्टम आदिको ब्यबस्था गरिएको छ ।

काठमाण्डौ किंग्स ईलेवेन, ललितपुर प्याट्रिएट्स, भैरहवा ग्लाडियर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरि विभिन्न ६ शहरको प्रतिनिधित्व गर्ने टोलीहरु रहेका छन् जसको बिजेताले २१ लाख रुपैया हात पार्नेछ ।

टी-२० फर्म्याटमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले १ जना खेलाडी मार्की खेलाडीको रुपमा लिएका थिए । १० जना खेलाडीहरु काठमाण्डौमा भएको अक्सनबाट खरिद गरेका थिए भने कम्तिमा ३ जना बिदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार सबै टिमले आपसी समझदारीमा खेलाडीहरु भित्र्याएका छन्। थप एकजना खेलाडी ट्यालेन्ट हन्ट मार्फत छानिएका छन्।

काठमाडौँ किंग्स ईलेवेनको मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् ।

टिम लिस्ट

बिराटनगर वारियर्स

पारस खड्का (कप्तान, मार्की  खेलाडी), आकाश  बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी,  अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी), अन्स्युमन राथ (बिदेशी)

चितवन टाइगर्स

दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), पृथु बास्कोटा (कप्तान),  कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, आकाश थापा (ट्यालेन्ट हन्ट), प्रबिण गुप्ता   (बिदेशी), साबेज खान (बिदेशी), प्रमेश कुमार (बिदेशी)

काठमाण्डौ किंग्स ईलेवेन

सोमपाल कामी (मार्की खेलाडी), नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला, फरभेज महरुफ (कप्तान, बिदेशी), अक्षय फर्नान्डिज (बिदेशी), सागर कुमार (बिदेशी)

ललितपुर प्याट्रियट्स

ज्ञानेन्द्र मल्ल (कप्तान, मार्की खेलाडी), मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान, सोनु तामांग, प्रतिस जिसी (ट्यालेन्ट हन्ट), रित गौतम (ट्यालेन्ट हन्ट), सुमित झा (ट्यालेन्ट हन्ट), बिपिन आचार्य (ट्यालेन्ट हन्ट), योगेश नागर (बिदेशी), सुबोध भाटी योगेश नागर (बिदेशी), जयकिशन अनिलकुमार कोलसावाला योगेश नागर (बिदेशी)

पोखरा राइनोज

शक्ति गौचन (कप्तान, मार्की खेलाडी), बिनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, बिपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, नुर्धोज सेन, बिक्रम सोब, असिफ अलि (बिदेशी), इन्स्रार उल्लाह (बिदेशी), तास अलि (बिदेशी)

भैरहवा  ग्ल्याडीयटर्स

शरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरि शंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा

खेल तालिका

एभरेस्ट प्रिमियर लिग सम्बन्धित – 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy