Nepal T20 : फारवेस्टको शानदार जित, प्लेअफ सम्भावना कायमै

नेपाल टि-ट्वान्टी लिग अन्तर्गत बिहिबार सम्पन्न दोश्रो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि फराकिलो जित निकालेको छ । काठमाडौंलाई ८४ रनले हराएको फार वेस्टले जितसँगै प्लेअफमा पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

स्कोरकार्ड 

जितका लागि फार वेस्टले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १४ रनमा समेटिएको थियो ।

काठमाडौंका लागि कमलसिंह ऐरीले २० रन बना । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले १७/१७, सुनम गौतमले १६, विरनदिप सिंहले १४ र सन्तोष कार्कीले १२ रन बनाए । बलिङमा फार वेस्टका करण केसी, दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो ।

फार वेस्टका लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन, विनोद भण्डारीले ७३ र करण केसीले अविजित २२ रन बनाए। बलिङमा काठमाडौंका बसिर अहमदले तीन विकेट लिए । अभिनाश बोहोराले एक विकेट लिए ।

बिहीबारको खेलसँगै शीर्षस्थानमा रहेको लुम्बिनीको १६ अंक छ जसले जनकपुर संगै शिर्ष-२ स्थानमा रहने पक्का गरिसकेको छ । दोस्रो स्थानमा रहेको जनकपुरको १२, तेस्रो स्थानमा रहेको काठमाडौंको आठ, चौथो स्थानमा रहेको विराटनगरको ६, पाँचौं स्थानमा रहेको पोखराको ६ र अन्तिममा रहेको फार वेस्टको चार अंक छ । पुस २७ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]