पवन र ललितको कसिलो बलिंगमा आर्मी १२५ रनमा सिमित

पवन सर्राफ र ललित राजबंशीको ४-४ विकेटको सहयोगमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अन्तर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १२५ रनमा समेटेको छ।

शनिवार बिहान टियु मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको आर्मीले उत्कृस्ट सुरुवात पाएको थियो। ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि ७२ रन जोड्दै आर्मीलाई राम्रो सुरुवात दिएका थिए। प्रतियोगितामा पहिलो पटक ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपालले ३५ रन र राजु रिजालले व्यक्तिगत ३२ रन जोड्दा आर्मीले मात्र १५.५ ओभरमा ७२ रन जोडेको थियो।

१६ औं ओभरको अन्तिम बलमा ललित राजबंशीको बलमा सोमपाल कामी पभेलियन फर्किएसंगै आर्मीको विकेट खस्ने क्रम सुरु भयो। सोमपाल र राजु पश्चात रोहित पौडेल र भिम शार्की बाहेक आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रोहित व्यक्तिगत १८ र भिम २० रन जोड्दै आउट भए।

पुलिसको बलिंगमा ललित राजबंशी र पवन सर्राफको नाममा समान ४-४ विकेट रह्यो। सर्राफले ७ ओभरमा ४ मेडन सहित १२ रन खर्चिंदा राजबंशी ९.३ ओभरमा १ मेडन सहित ३६ रन खर्चिए। यस्तै सागर ढकालको नाममा १ विकेट रह्यो।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]