प्रवीण गुप्ताले लिए ईपिएलको पहिलो ह्याट्रिक

  • विकेटनेपाल, पौष ७ – शुक्रबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत बिराटनगर वारियर्स र चितवन टाइगर्सबिचको खेलमा चितवन टाइगर्सबाट खेलिरहेका प्रवीण गुप्ताले प्रतियोगिताको पहिलो ह्याट्रिक लिएका छन् ।

लगातार ३ बलमा ३ विकेट लिएको भएर यसलाई ह्याट्रिक भनीएपनि पहिलो बल वाईडमा स्टम्पिंग भएकाले यसलाई ह्याट्रिक भने मान्न सकिन्न। क्रिकेटको नियम बनाउने एमसिसीले भने ह्याट्रिक कस्तो अवस्थामा हुने वा नहुने भन्ने कुनै नियम सार्बजनिक गरेको छैन ।

|| स्कोरकार्ड ||

किर्तिपुर मैदानमा भएको खेलमा खेलको अन्तिम ओभरको अन्तिम दुई लेगल (एउटा वाइड) बलमा उनले यस्तो सफलता हात पारेका हुन् ।

स्लो लेफ्ट आर्म बलिंग गरेका उनले ह्यातिक लिने क्रममा प्रनित थापालाई २ रनमा वाइड बलमा विकेटकिपर दिलिप नाथको हातबाट स्टम्प आउट गराएका थिए भने पुष्प थापालाई पहिलो बलमानै सन्दिप सुनारको हातबाट क्याच आउट गराएका थिए। अन्तिम बलमा करण केशीलाई २ रनको  स्कोरमा प्रमेश कुमारको हातबाट क्याच गराउदै ह्याट्रिक पुरा गरेका थिए ।

प्रवीण गुप्ता (फोटो: क्रिकइन्फो)

साथै उनले अन्तिम ओभरकै तेस्रो बलमा अनिल कुमार शाहलाई दिलिप नाथको हातबाट क्याच आउट गराएका थिए भने छैठौ ओभरको चौथो बलमा २१ रनमा खेलिरहेका ओपनर आसिफ शेखलाई पनि स्टम्प आउट गराउदै आफ्नो ५ विकेट पुरा गरेका थिए । यसै क्रममा उनले ४ ओभरमा २३ रन खर्चेका थिए ।

प्रवीण गुप्ता उत्तरप्रदेशबाट रणजी ट्रफी खेलेका खेलाडी हुन् ।

यसै खेलमा ब्याटिंग तर्फ हंगकंगका कप्तान समेत रहेका बिराटनगर वारियर्सका खेलाडी बाबर हयातले विस्फोटक ब्याटिंग गरेका थिए ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]