भैरहवाबाट खेल्ने भए आईपीएल खेलेका खेलाडी

  • विकेटनेपाल, पौष ४ – मंगलबार

एभरेस्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीएटर्सबाट खेल्ने बिदेशी खेलाडीहरु टुंगो लागेको छ ।

प्रतियोगिताको प्रत्येक टिममा ३ जना बिदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार भैरहवाले पनि दुईजना खेलाडीहरुको नाम घोषणा गरेको छ तर तेस्रो खेलाडीबारे भने हालसम्म जानकारी प्राप्त भएको छैन । ति दुवै खेलाडीहरु पुनित मेहरापुनित बिस्ट भारतीय रहेका छन् ।

पुनित मेहराले भारतको दिल्लीबाट सन् २०१० देखि २०११ सम्म लिस्ट ए क्रिकेट खेल्ने गर्दथे भने २०१२ सम्म टी२० क्रिकेट खेलेका थिए । उनि देब्रे हाते ब्याट्सम्यान हुन् भने स्लो लेफ्ट आर्म अर्थोडोक्स बलिंग पनि गर्दछन । २९ बर्षीय उनले ६ लिस्ट ए खेलको ५ इनिंगमा ११२ रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् ।

त्यस्तै टी२० क्रिकेटमा १२ इनिंगमा ११७ भन्दा माथिको स्ट्राइक रेटमा २१३ रन बनाएका छन् भने ८ इनिंगमा ५ विकेट समेत हात पारेका छन् ।

पुनित बिस्टले घरेलु क्रिकेटमा दिल्ली तथा जम्मु कश्मिरबाट प्रथम श्रेणीको क्रिकेट खेल्ने गर्दछन भने सन् २०१२ को आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट पनि खेलिसकेका छन् । सन् २००६ मा दिल्लीबाट प्रथम श्रेणीको क्रिकेट खेल्न सुरु गरेका बिस्टले अहिले जम्मु कश्मिरबाट खेल जीवन अगाडी बढाइरहेका छन् ।

विकेटकिपरको भूमिकामा खेल्ने ३१ बर्षीय बिस्टले ७७ प्रथम श्रेणी खेलको १०४ इनिंगमा २६७९ रन बनाएका छन् जसमा ५ शतक सहित सर्बाधिक अविजित २२३ रन रहेको छ ।

लिस्ट ए क्रिकेटको ५२ इनिंगमा ३५.२६ को औसतमा १४४६ रन बनाएका छन भने २८ टी२० इनिंगमा १५ को औसतमा ३९० रन बनाएका छन् ।

भैरहवा ग्लाडीएटर्स

शरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरि शंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy