गजुरीलाई धादिङ जिल्लास्तरिय टि-२० क्रिकेटको उपाधि, उज्वल प्रतियोगिताकै उत्कृस्ट

धादिङ– धादिङ जिल्ला क्रिकेट संघद्वारा पहिलो पटक आयोजित धादिङ जिल्ला टि-२० प्रतियोतियोगिको उपाधि गजुरी सामुदायिक समाज विकास टिमले जितेको छ। बिहीबार सम्पन्न फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले पराजित गर्यो।

विशालटार स्थित चन्द्रोदय बहुमुखी क्याम्पसको मैदानमा टस जितेर ब्याटिङ रोजेको गजुरी२० ओभरमा १ सय १० रनमा समेटिएको थियो । गजुरीका सविन उप्रेतीले ३४ बलमा ३ चौका सहित सर्वाधिक २८ रनको योगदान दिए । शुरेन्द्र मगरले २६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए । त्रिपुरासुन्दरीका बलर अनिल अधिकारी ४ ओभरमा १७ खर्चेर २ विकेट लिए । श्रीकृष्ण र उदय थापाले समान १ विकेट लिए।

१ सय ११ रनको लक्ष्य पछ्याएको त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । त्रिपुरा सुन्दरीका उदय थापाले सर्वाधिक २१ रन बनाए। गजुरीका मध्य गतिका बलर सानु घले ४ ओभरमा ९ रन खर्चेर घातक बलिङ गर्दै ३ विकेट लिए।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर गजुरीका उज्वल थापा घोषित भए । गजुरीलाई उपाधि जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभर २ सय ६० रन बनाउनुको साथै १६ विकेट लिएका थिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर अमृत थापा घोषित भए जसले ५ खेलमा २ सय ३७ रन बनाए। गजुरीकै गजुरीका सक्षम खरेलले युवा उदीयमान खेलाडी घोषित भए । उनले प्रतियोगितामा ५ विकेट लिँदै राम्रो प्रभाव छाडे।

प्रतियोगितामा धादिङ जिल्लाका १४ टिमको सहभागिता थियो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलो पटक जिल्ला स्तरिय प्रतियोतियोगिता आयोजना भएको थियो । योसँगै च्याम्पियन गजुरीले १ लाख र उपविजेता त्रिपुरासुन्दरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]