गोल्डस्टार डिपिएलको फुटवेर पार्टनर

DPL Goldstar
  • विकेटनेपाल-काठमाडौं चैत्र ३ 

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शुज म्यानिफेक्चरको उत्पादन गोल्डस्टार शुज जोडिएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शुज म्यानिफेक्चरका निर्देशक बिधुशी राणाविच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार सहायक प्रयोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको स्पोन्सर गर्ने सहमती भएको निर्देशक राणाले बताईन- “खेलकुदले राष्ट्रिय एकता तथा सामाजिक सदभाव जोगाईराख्न मदत गर्छ, सोही मनोभावलाई आत्मसात गर्दै सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगसँग आफुहरु जोडिन पाउँदा खुशी महशुस भएको छ।”

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा गोल्ड स्टारलाई जोड्न पाउँदा स्वागत गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले नेपाली क्रिकेटका लागि गोल्डस्टारको प्रयासलाई सह्राना गरे।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ। प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमहरुले सहभागिता जनाउँदै छन।

यो पनि पढ्नुस :- 

https://www.youtube.com/watch?v=i04e9wZPoUE





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]