गोल्डस्टार डिपिएलको फुटवेर पार्टनर

  • विकेटनेपाल-काठमाडौं चैत्र ३ 

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शुज म्यानिफेक्चरको उत्पादन गोल्डस्टार शुज जोडिएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शुज म्यानिफेक्चरका निर्देशक बिधुशी राणाविच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार सहायक प्रयोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको स्पोन्सर गर्ने सहमती भएको निर्देशक राणाले बताईन- “खेलकुदले राष्ट्रिय एकता तथा सामाजिक सदभाव जोगाईराख्न मदत गर्छ, सोही मनोभावलाई आत्मसात गर्दै सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगसँग आफुहरु जोडिन पाउँदा खुशी महशुस भएको छ।”

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा गोल्ड स्टारलाई जोड्न पाउँदा स्वागत गर्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले नेपाली क्रिकेटका लागि गोल्डस्टारको प्रयासलाई सह्राना गरे।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ। प्रतियोगितामा देशभरिका विभिन्न ६ वटा टिमहरुले सहभागिता जनाउँदै छन।

यो पनि पढ्नुस :- 

https://www.youtube.com/watch?v=i04e9wZPoUE

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy