विश्वरेकर्ड बनाउन चुकेपछि करनले भने “हान्छु भनेको थिए तर बल राम्रो पर्यो।”

करन केसी सामु मलेसिया बिरुद्ध भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतकको रेकर्ड तोड्ने अवसर थियो। युवराजले इंग्ल्यान्ड बिरुद्ध २००७ टि-ट्वान्टी विश्वकपमा लगातार ६ छक्का प्रहार गर्दै उक्त विश्वरेकर्ड बनाएका थिए।

मात्र ११ बलमा ४४ रन बनाएका करनले १२ औं बलमा छक्का हिर्काउन सकेको भए उनले युवराजको १४ वर्ष पुरानो रेकर्ड बराबरी गर्ने थिए। तर करनले मलेसियन देब्रे हाते पेसर मुहम्मद वफिकले गरेको बलमा १ रन मात्र लिन सक्दा विश्वरेकर्ड बनाउनबाट चुक्न पुगे। १३ बलमा ४५ रन बनाएर आउट भएका करनले ७ वटा छक्का प्रहार गरे। ३४६.१५५ को स्ट्राइक रेटले उक्त रन बनाएका करनले नेपालको लागि इनिंग्समा सर्वाधिक स्ट्राइक रेटको रेकर्ड भने बनाउन सके।

खेल पछि प्रतिक्रिया दिने क्रममा करनले आफुलाई रेकर्ड बारे थाहा नभएको तर पेभेलियनबाट साथी खेलाडीहरुले छक्का प्रहार गर्न आग्रह सुन्दा रेकर्ड बन्ने सुइँको भने पाएको उनले बताए-

“बाहिरबाट भनिराको थियो अझै एउटा छक्का भनेर। उनीहरुले रेकर्डको लागि भनेको होला जस्तो लागेको थियो।”

१२ औं बलमा करनले छक्का हान्न प्रयास गरेता पनि राम्रो बल परेकोले १ रन मात्र लिनु परेको उनले बताए – “हान्छु भनेको थिए तर बल राम्रो पर्यो।” मुहम्मद वफिकले गरेको अघिल्लो बलमा छक्का प्रहार गरेता पनि करनले लगत्तै बलमा १ रन मात्र लिन सकेका थिए।

Karan KC

विश्वरेकर्ड मिस भएकोमा प्रतिक्रिया दिंदै करनले भविष्यमा फेरी यस्तो अवसर आउने विश्वास व्यक्त गरे –

“मिस भन्दा पनि जहिलेसम्म खेलिन्छ मौका पाईन्छ। आज मिस भयो फेरी भविष्यमा लाग्छ होला कि। त्यस्तो नराम्रो महसुस केहि भएको छैन। राम्रो भयो, लागेको भए अझै राम्रो हुन्थ्यो।”

करन ब्याटिंग गर्न जाँदा टिमको योगफल २ सय पार गराउने उद्देश्यले गएका थिए –

“मेरो रोल त्यही हो टिमको लागि, खेललाई सकाउने। म ब्याटिंगमा जाँदा ३ ओभर बाँकी थियो। मेरो सोच थियो एउटा बाउन्ड्री पहिलो हान्छु। त्यसपछि कनेक्ट भएको भयै गर्यो। त्यसपछि २०० जसरि पनि कटाउछु भन्ने थियो।” करन १६ औं ओभरमा दिपेन्द्र ऐरी आउट भएपछि ब्याटिंग गर्न पुगेका थिए जतिबेला नेपालको स्कोर १५.४ ओभरमा १४८/५ थियो। त्यहाँबाट नेपालले २० ओभरमा २१७ रनको योगफल तयार गर्न सक्यो।

करनले आफ्नो आक्रामक ब्याटिंगको श्रेय फिजिकल फिटनेसलाई दिए – “फिजिकल फिटनेस हो त्यसको राम्रो प्रयोग भैराको छ”

आक्रामक ब्याटिंगमा निरन्तरता दिन नसकेको बारे बोल्दै करनले आक्रामक ब्याट्सम्यानको लागि दिन पनि राम्रो हुनुपर्ने बताए –

“मैले चै गर्ने हिटिंग हो। हिटिंगको लागि दिन चाहिन्छ। दिन राम्रो हुनुपर्छ, सधै एउटै जस्तो हुँदैन। जुन दिन पनि लाग्छ नेपाललाई जिताउछु भनेर सोच्ने गर्छु।”

प्रशिक्षक डेभ व्हाटमोरले करनलाई केहि बल हेरेपछि आक्रामक सट खेल्न सुझाव दिएको बताए –

“कोचले समय लिउ भन्नु हुन्छ। अस्ति ( नेदरल्याण्डसंग ) दोश्रो बलमै आउट भए। त्यही भन्नुहुन्छ कि तिम्रो हिटिंग पावर राम्रो छ त्यसैले ५-६ बल हेरेर तिम्ले पछि हान्न सक्छौ भन्नुहुन्छ।”

आफ्नो बलिंगबारे बोल्दै उनले घाइते भएर आएपछि अझै बलिंग गर्दा पिडा महसुस हुने जसले गर्दा शतप्रतिशत दिन नसकेको बताए –

“इन्जुरीबाट आएकोले आत्मविश्वास त छ बलिंगमा तर अझै लय आएको छैन। पिडा हुन्छ बलिंग गर्दा, डाक्टरले खेलेरै जाने दुखाई हो, खेल्दा खेल्दै त्यो पिडा जान्छ भन्नुहुन्छ।”

करनले माथिल्लो क्रममा ब्याटिंग गर्ने इच्छा समेत व्यक्त गरे –

“६-७ जना ब्याट्सम्यान छ टिममा, सबैले त्यस्तो गर्यो भने ओपनिंगमा जान्छु भनेर हुँदैन। महसुस त हुन्छ। सबैले राम्रो ब्याटिंग गर्दा मौका पाए हुन्थ्यो ( माथि ब्याटिंग गर्न ) कि जस्तो लाग्छ। तर टिम राम्रो छ राम्रो कम्बीनेसन भैरहेको छ।”

खेलमा करनले बनाएको ४५ रन सातौँ वा त्यो भन्दा तल्लो क्रममा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक स्कोर हो। करनले २०१९ साग क्रिकेट प्रतियोगितामा माल्दिभ्स बिरुद्ध आठौँ नम्बरमा ब्याटिंग गर्दै ४० रन बनाएका थिए जुन रेकर्ड आफैले तोडेका हुन्।

यो पनि पढ्नुस 

मलेसिया बिरुद्ध करनको २ ठुलो किर्तिमान, नेपाल जित्दा बने ११ किर्तिमान

सन्दिपको ऐतिहासिक उपलब्धि, सयौं टि-२० खेल्ने पहिलो नेपाली

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]