हार्दिक पान्ड्यको अलराउण्ड प्रदर्शनका बाबजुत मुम्बई हार्यो, बेंगलोरको तेस्रो जित

  • विकेटनेपाल, बैशाख १९ – बुधबार

ईन्डियन प्रिमियर लिग अन्तर्गत रोयल च्यालेंजर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच भएको खेलमा मुम्बई इन्डियन्सलाई १४ रनले पराजित गर्दै बेंगलोरले प्रतियोगितामा तेस्रो जित हात पारेको छ। जितसंगै बेंगलोर अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने मुम्बई सातौँ स्थानमा झरेको छ।

चिन्नास्वामी मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिम बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। उसका  लागि ओपनर मनन वोहराले ४५ रनको पारि खेल्नेक्रममा ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे। तेस्रो विकेटको लागि ब्रेण्डन म्याकलमले   ३७ रन (२५ बल, ४ चौका, २ छक्का) तथा विराट कोहलीले ३२ रन (२६ बल, २ चौका, १ छक्का) बनाउँदै ६० रनको साझेदारी गरेका थिए।

मन्दिप सिंह १० बलमा १४ रन बनाएर आउट हुँदा कुनै समय १५० रनको स्कोर पुग्न मुस्किल देखिएको ब्याटिंगममा कोलिन डी ग्राण्डहोमले आफ्नै देशका मिचेल मेक्लेनेघनलाई अन्तिम ओभरमा २४ रन प्रहार गरेका थिए। ग्राण्डहोमले अविजित २३ रन बनाउन १० बलको सामना गरेका थिए।

कुनै समय १३९/३ को अवस्थामा रहेको बेंगलोरले राम्रो स्कोर बनाउने अनुमान गरिएको थियो तर आफ्नो पहिलो ओभरमा २० रन दिएका हार्दिक पान्ड्य (४-०-२८-३) ले अन्तिम ओभरमा मन्दिप सिंह, विराट कोहली र वासिंगटन सुन्दरलाई आउट गरेका थिए।

जवाफमा लक्ष्य पछ्याएको मुम्बईले बेंगलोरको सुधारिएको बलिंग अगाडी २० ओभरमा ७ विकेट गुमाएर १५३ रनमात्र बनायो। उसका लागि हार्दिक पान्ड्यले ५० रन (४२ बल, ५ चौका, १ छक्का) बनाएपनि हार टार्न सकेनन्।

बेंगलोरको लागि म्यान अफ द म्याच टिम साउथीले २५ रन खर्चेर, मोहम्मद सिराजले २८ रन खर्चेर तथा उमेश यादवले २९ रन खर्चेर समान २/२ विकेट हात पारे।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]